Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी
मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी काठमाडौं - सरकारले मुडे चरिकोट सडकको ठेक्का तोड्ने तयारी गरेको छ । उक्त सडक विस्तार तथा कालोपत्रेको लागि ठेकेदार कम्पनिसँग भएको सम्झौता तोड्दै उसलाई कालोसूचीमा राख्ने तयारी भएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने जानकारी दिए ।
श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ
श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ मन्थली - श्रीमतीको हत्या गरेको आरोपमा रामेछापका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।
दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ 
दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ  काठमाण्डौं - गुण्डागर्दी गर्दै रकम असुल गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटि गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई काठमाण्डौंका मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरु काठमाण्डौको पानीपोखरी स्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई धम्की दिई रकम असुलेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको...
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन काठमाडौँ - कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित भएको छ । परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरको हो ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि निर्णय गर्न बोर्डको बैठक बस्दैछ ।
सहकारी सुरक्षा गार्ड हत्या प्रकरण : एक महिनापछि दुई युवक पक्राउ
सहकारी सुरक्षा गार्ड हत्या प्रकरण : एक महिनापछि दुई युवक पक्राउ काठमाडौं - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ स्थित हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई राजधानी काठमाण्डौंबाट पक्राउ गरेको हो ।
एमाले केन्द्रीय कमिटीमा दोलखाका पाँच जना नेताको नाम प्रस्ताव
एमाले केन्द्रीय कमिटीमा दोलखाका पाँच जना नेताको नाम प्रस्ताव काठमाण्डौं – नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनको बन्दसत्रमा पेश गरिएको केन्द्रीय कमिटीको सूचीमा दोलखाबाट पाँच जनाको नाम परेको छ । जारी बन्दसत्रमा गएराती अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि केन्द्रीय कमिटीको प्रस्तावित नामावलीको सूची पेश गरेका हुन् ।
सिन्धुपाल्चोकमा आगलागीमा परी तीन वालकको मृत्यु
सिन्धुपाल्चोकमा आगलागीमा परी तीन वालकको मृत्यु सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका ७ सुर्सिङ गाउँको झाक्रिटोल स्थित सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । 
दोलखामा कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड खर्च
दोलखामा कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड खर्च चरिकोट - दोलखाका स्थानीय तहहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणम हालसम्म गरेको खर्चको बिवरण सार्वजानिक भएको छ । जिल्ला स्थित एक संस्थाले संकलन गरेको बिवरण अनुसार एक वर्षको अवधिमा जिल्लाका ९ वटा स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड भन्दा बढी खर्च गरेका छन् ।
अमेरिकालाई पछि पार्दै चीन बन्यो संसारकै सबैभन्दा धनी देश
अमेरिकालाई पछि पार्दै चीन बन्यो संसारकै सबैभन्दा धनी देश काठमाडौं - चीन संसारकै सबैभन्दा धनी मुलुक बनेको छ । महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी मुलुक बनेको हो । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीले हालै सार्वजनिक गरेको रिपोर्टले चीनलाई सबैभन्दा धनी मुलुक देखाएको छ ।
दोलखाका प्रत्येक स्थानीय तहमा जिल्ला समन्वय समितिको अनुगमन
दोलखाका प्रत्येक स्थानीय तहमा जिल्ला समन्वय समितिको अनुगमन चरिकोट – दोलखाका प्रत्येक स्थानीय तहमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भएका प्रगतिबारे जिल्ला समन्वय समितिले स्थलगत अनुगमन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा विकास निर्माणका योजना लगायत अन्य गतिविधिहरुमा भएका प्रगतिबारे जिससले अनुगमन गरेको हो ।
मुडे–चरिकोट सडकको दुरवस्था बिरुद्ध जनप्रतिनिधि पनि आन्दोलनमा
मुडे–चरिकोट सडकको दुरवस्था बिरुद्ध जनप्रतिनिधि पनि आन्दोलनमा चरिकोट - मूडे/चरिकोट सडकको दुरवस्था बिरुद्ध जनप्रतिनिधि पनि आन्दोलनमा उत्रिएका छन् । सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाही बिरुद्ध नागरिक समाजले सुरु गरेको आन्दोलनमा जनप्रतिनिधिले पनि ऐक्यवद्धता जनाएका हुन् । मूडे–चरिकोट सडक निर्माण दवाव संघर्ष समितिको अगुवाईमा जारी आन्दोलनमा समर्थन जनाउँदै भीमेश्वर नगरपालिकाका ५ जना वडा अध्यक्षहरु सोमवार स्थानीय प्रशासनलाई...
Weather Update