विगु गाउँपालिकाको लादुकमा पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता
सोमबार, असोज ११, २०७८

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला
सोमबार, असोज ११, २०७८
काठमाडौँ - दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ सोमवारदेखि खुलेको छ । टिकट बुकिङ खुलेपछि दसैंमा घर जानेहरू टिकट बुकिङका लागि बसपार्कहरुमा पुगेका छन् । अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कालिञ्चोक गाउँपालिका–५ का चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण
मंगलबार, असोज ५, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का करिव ४ सय पहिरो पीडित परिवारलाई राहात स्वरुप खाद्यन्न बितरण गरिएको छ । लगातारको वर्षासँगै गैरहेको पहिरोबाट पीडित घरपरिवारलाई राहात स्वरुप १० लाख रुपैयाँ बरावरको खाद्यन्न सामाग्री बितरण गरिएको हो ।

थामी समुदायको पुस्तक ‘आथाङ उलाम’ विमोचन
आइतबार, असोज ३, २०७८
चरिकोट - नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले प्रकाशनमा ल्याएको नान्को आथाङ उलाम अर्थात (अबको उज्यालो बाटो) नामक पुस्तकको आज औपचारिक विमोचन गरिएको छ । अतिसिमान्तकृत थामी समुदायको भाषा, संस्कृति, कला र साहित्यसँग सम्बन्धित पुस्तकको आईतवार विमोचन गरिएको हो । दोलखा सरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमकाबीच पुर्व संचार तथा सूचना...

खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न वंगलादेशसँग प्रस्ताव
मंगलबार, भदौ २९, २०७८
काठमाडौँ - सरकारले खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न वंगलादेशसँग प्रस्ताव गरेको छ । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल...

प्रेमिकासँग बिवादपछि अश्लिल फोटो र भिडियो पोष्ट गर्ने दोलखा वैतेश्वरका युवक पक्राउ
सोमबार, भदौ २८, २०७८
काठमाण्डौं - सामाजिक संजालमा अश्लिल फोटा तथा भिडियोहरु पोष्ट गर्ने दोलखा बैतेश्वर गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतेश्वर गाँउपालिका वडा नम्बर ८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर बस्ने २३ वर्षिय सुजन जिरेल रहेका छन् ।

दोलखाबाट प्रेसको महत्वपुर्ण ओहोदामा पुगेका व्यक्तिहरु सम्मानित, मिडियाको दिगोपनाबारे अन्तरक्रिया
आइतबार, भदौ २७, २०७८
चरिकोट – दोलखा घर भई प्रेसको महत्वपुर्ण जिम्मेवारीमा पुगेका व्यक्तिहरुलाई चरिकोट मिडिया फाउण्डेशनले सम्मान गरेको छ । सदरमुकाम चरिकोटमा आईतवार आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेत, संचालक समिति सदस्य चिरञ्जीवि मास्के र पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडालाई सम्मान गरिएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष भन्छन् : पत्रकारले लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन भैरहेको छ,
आइतबार, भदौ २७, २०७८
चरिकोट – प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतले पत्रकारले पत्रकारिताको लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन सुरु भएको बताएका छन् । पत्रकारले लाईसेन्स लिनु पर्ने या नपर्ने भन्ने विषयमा काउन्सिल आफैले बहस सुरु गरेको जानकारी दिँदै उनले यो अध्ययनको विषय भएको बताए ।

पहिरो पीडितले पाए ५० बण्डल जस्तापाता
बुधबार, भदौ २३, २०७८
चरिकोट – कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङकी रुपमाला पोत्रेलको घर रानीवनबाट झरेको पहिरोले तान्नै लागेको छ । घर पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारले घर छाडेको निक्कै समय भैसक्यो । बिस्थापित भएर दुई महिनादेखि आफन्तकोमा शरण लिएर बसिरहेकी उनले अर्को घर बनाउन सक्ने अवस्था छैन । भूकम्पपछि बल्लतल्ल पुर्ननिर्माण...

मेलुङ गाउँपालिकाका कर्मचारीको वयान : ‘कार्यालयमा तोडफोडको प्रयास र हामीमाथि पनि दुर्व्यवहार भयो’
शुक्रबार, भदौ १८, २०७८
चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाकाको कार्यालयमा तोडफोडको प्रयास हुनुका साथै कर्मचारीमाथि समेत दुर्व्यर्यवहार भएको पाईएको छ । यही भदौ ११ गते गाउँपालिकाको कार्यालय प्रवेश गरेको समुहले अध्यक्ष नरबहादुर श्रेष्ठसँगै कर्मचारीलाई दुर्व्यवहार र कार्यालयमा तोडफोडको प्रयास गरेको थियो ।

पहिरोले सिंगटीको खोलिखिम बजार क्षेत्र जोखिममा, ६ घरपरिवार विस्थापित (तस्वीरहरु)
बिहीबार, भदौ १७, २०७८
सिंगटी – दोलखाको उत्तरी सिंगटी बजारका आधा दर्जन घरपरिवार विस्थापित भएका छन् । गएराती भारी वर्षासँगै आएको भलबाढीका कारण ती परिवार विस्थापित भएका हुन् । विगु गाउँपालिका वडा नम्बर ४ स्थित सिंगटी बजारको खोलेखिम क्षेत्रमा ढुंगा, माटोसहितको भलबाढी आएपछि ६ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ । विस्थापित हुनेमा...

कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा
बिहीबार, भदौ १७, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना प्रत्येक नागरिकको निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक सार्वजानिक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोवास गर्ने सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ ।

स्रोत नखुलेको ३० लाख नगदसहित रामेछाप र काभ्रेका दुई जना पक्राउ
मंगलबार, भदौ १५, २०७८
काठमाडौं - स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले रामेछाप र काभ्रेका दुई जनालार्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश...