Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय चरिकोट - नेपाली काँग्रेस दोलखाले पार्टीको वडा स्तरिय अधिवेशन भाद्र १८ गते नै सम्पन्न गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले जिल्लाका सबै वडामा एकैदिन ७४ वटा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
जनप्रतिनिधिहरुको माग : ‘मेलुङ गाउँपालिका अध्यक्षलाई दुर्व्यहार गर्नेमाथि यथाशिघ्र कारबाही होस्’
जनप्रतिनिधिहरुको माग : ‘मेलुङ गाउँपालिका अध्यक्षलाई दुर्व्यहार गर्नेमाथि यथाशिघ्र कारबाही होस्’ चरिकोट – दोलखाखाका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी गरेका छन् । नियोजित रुपमा घट्ना घटाईएको भन्दै उनीहरुले अपराधमा संलग्न अपराधीमाथि यथाशिघ्र कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’ चरिकोट - दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भएको दुव्र्यवहार नियोजित र षड्यन्त्रमुलक भएको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वाग्मती प्रदेश, जिल्ला समन्वय समिति दोलखा लगायतका निकायले विज्ञप्तीमार्फत घट्नाको बिरोध जनाउँदै छानविन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली - अविरल वर्षासँगै गएको पहिरोले रामेछापको मन्थली स्थित तिलगंगा आँखा केन्द्र मार्फत सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र पुरेको छ । पहिरोले भवन पुरेपछि आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको छ । 
कालिञ्चोक गाउँपालिका आर्थिक सुशासनमा उत्कृष्ट, १ प्रतिशतमा झर्यो बेरुजु
कालिञ्चोक गाउँपालिका आर्थिक सुशासनमा उत्कृष्ट, १ प्रतिशतमा झर्यो बेरुजु चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका बेरुजु फर्छ्यौटमा अब्बल देखिएको छ । जिल्लाको ९ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको हो । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनले दोलखा जिल्लामा ३७ करोडभन्दा बढी रकम बेरुजु औल्याएकोमा कालिञ्चोक गाउँपालिकाको सबैभन्दा कम छ ।
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी !
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी ! चरिकोट – कोरोना जोखिम कायमै छ । जसका कारण सरकारी तथा नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा पठनपाठन सुरु हुन सकेको छैन । कोरोना जोखिमका कारण लामो समयसम्म विद्यालय संचालनमा नआउँदा विद्यार्थीहरु आफ्नो भविष्यबारे चिन्तित छन् । वालवालिकाको पढाई बिग्रिदा अविभावकहरुलाई कम्ता पिरलो छैन । 
राप्रपा नेता केसीको कोरोनाका कारण निधन
राप्रपा नेता केसीको कोरोनाका कारण निधन चरिकोट - राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का नेता तिर्थ बहादुर केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दोलखा भीमेश्वर नगरपालिका घर भएका केसीको गएराती उपचारका क्रममा मृत्यु भएको हो । उनी निर्माण व्यवसायी समेत रहेका केसी राप्रपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । 
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड चरिकोट–दोलखा सदरमुकाम चरिकोट अस्पतालका डा. विनोद दंगाल अन्तराष्ट्रिय अवार्डबाट समानित भएका छन् । अस्पतालका प्रमुख डा. दंगाललाई एसिया अवार्डडेस नामक संस्थाले स्वास्थ्य र सामाजिक सेवातर्फ गरेको योगदानको मुल्यांकन गर्दै एसियाकै ठुलो विजनेस अवार्ड प्रदान गरेको हो ।
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी चरिकोट – दोलखाको उत्तरी क्षेत्र जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाउने तयारी भएको छ । कालिञ्चोक गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको उक्त सडकको ३० किलोमिटर खण्ड कालोपत्रे हुने भएको हो । वाग्मती प्रदेश सरकारले संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीमा कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका पुग्ने मुख्य प्रवेशमार्ग...
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ काठमाडौं - काठमाण्डौंको म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका ५, घर भई हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने, ३४ बर्षिय धर्म ओखेडा, दोलखा बैतेश्वर गाउँपालिका २ घर भई हाल ठमेल बस्ने ३२ वर्षिय म्यानपावर व्यवस्थापक मनोज कुमार श्रेष्ठ,...
Weather Update