दोलखाको बोच प्रहरी चौकीमा आगलागी (भिडियो)
शुक्रबार, साउन २९, २०७८

‘कोरोनाको अर्को जोखिम बढ्यो, माक्स लगाउनुस्’
सोमबार, साउन २५, २०७८
चरिकोट - कोरोना महामारीको नयाँ लहर फैलिने जोखिम बढ्दै गएका बेला दोलखामा पनि नेपाल माक्स अभियान कार्यक्रम संचालन गरिएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर जिल्ला प्रहरी कार्यालय दोलखा सदरमुकाम चरिकोटमा माक्स अभियान संचालन गरेको हो ।

जीवन लामाको दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ विमोचन
सोमबार, साउन २५, २०७८
चरिकोट - पत्रकार एवं कवि जीवन लामाले आफ्नो दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ प्रकाशनमा ल्याएका छन् । लामाले आफ्नो दोस्रो कविता संग्रहको रुपमा ‘चौसट्ठी वर्गमिटर’ ल्याएका हुन् । उक्त कृतिको सोमवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायतले विमोचन गरे ।

सकुना श्रेष्ठको तीज कोसेली ‘माईतीको आँगनमा’ (हेर्नुस् भिडियो)
आइतबार, साउन २४, २०७८
काठमाण्डौैं - समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठ मलेकुले आफ्नो पहिलो प्रस्तुतीको रुपमा तीज गित “माईतीको आँगनमा” सार्वजानिक भएको छ । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आईतवार भच्र्युअल माध्यमबाट उक्त तीज गीत सार्वजानिक गरिएको हो ।

दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी
आइतबार, साउन २४, २०७८
चरिकोट - दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि यही साउन २७ गते मध्येरातबाट लागु हुनेगरी भदौ २ गते रातीसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो ।

रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना
आइतबार, साउन २४, २०७८
जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुबाट नियम बिपरित भाडा असुल गर्ने आधा दर्जन सवारी साधनलाई एकैदिन कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला टाफिक कार्यालयले आईतवार काठमाण्डौं, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने ६ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।

जिसस दोलखा पाचौं वर्षमा : सिमित अधिकार, धेरै काम गर्ने प्रयास
आइतबार, साउन २४, २०७८
चरिकोट – जिल्ला समन्वय समिति दोलखाका पदाधिकारी चार वर्षअघि निर्वाचित हुँदा त्यत्ति धेरै उत्साही थिएनन् । किनकी संविधान र कानुनले सबैजसो अधिकार संघ, प्रदेश र स्थानीय तहमा केन्द्रित गर्दै जिससलाई समन्वय र अनुगमनको जिम्मेवारीमा सिमित गरिदिएको थियो । जिससका दोलखाका पदाधिकारीहरु निर्वाचित भएको चार वर्ष पुरा गरेर पाचौं वर्ष प्रवेश...

एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा
शनिबार, साउन २३, २०७८
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षामा सहभागि थिए ।

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय
शनिबार, साउन २३, २०७८
काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एक उच्च अधिकारीका अनुसार परीक्षा स्थगित गरिएपनि अर्को मिति तय भैनसकेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने जानकारी दिए ।

केन्द्रमा माधव समुह अलग्गिएपनि दोलखामा एमाले यसकारण बन्नसक्छ अझै शक्तिशाली !
मंगलबार, साउन १९, २०७८
चरिकोट – नेकपा एमाले एक समय दक्षिण एसियामै सबैभन्दा धेरै संगठित सदस्यसहितको सुदृढ र बलियो पार्टीको रुपमा स्थापित भयो । तर एमालेभित्र पछिल्लो समय चुलिएको शक्ति संघर्षका कारण पार्टी कमजोर मात्रै होईन, फुट्नेसम्मको चर्चा छ ।

खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणलाई हस्तान्तरण गर्न आलटाल
मंगलबार, साउन १९, २०७८
चरिकोट - दोलखा स्थित ६० मेगावाट क्षमताको खिम्ती १ जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्न प्रवद्र्धक कम्पनीले आनाकानी गरेको छ । सम्झौता अनुसार २०७७ असार २७ गतेदेखि नै सो कम्पनीको ५० प्रतिशत स्वामित्व प्राधिकरणलाई बिधिवत हस्तान्तरण गर्नुपर्ने थियो ।

जिरीमा सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु
मंगलबार, साउन १९, २०७८
चरिकोट – दोलखाको जिरी नगरपालिकामा लामा कन्स्ट्रक्सनले सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ६ निवासी अनिल जिरेलकी ९ वर्षिया छोरी (स्वीटी) अँशु जिरेल रहेकी छन् ।

वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी
सोमबार, साउन १८, २०७८
चरिकोट - वाग्मती प्रदेशका दोलखासहित ८ जिल्ला स्थित अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढेको छ । जसका लागि बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।