लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम
आइतबार, साउन १७, २०७८

विप्लव नेतृत्वको नेकपा दोलखामा सक्रिय हुने, पार्टी कार्यालय उद्घाटन
शुक्रबार, साउन १५, २०७८
चरिकोट – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखामा खुल्ला राजनीतिक गतिबिधि सुरु गरेको छ । सदरमुकाम चरिकोटमा शुक्रबार विधिवत रुपमा पार्टी कार्यालय संचालन गर्दै उसले खुल्ला राजनीतिक गतिविधिमा सक्रिय हुने घोषणा गरेको हो ।

दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित
शुक्रबार, साउन १५, २०७८
चरिकोट – दोलखामा फेरी कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै गएको छ । शुक्रवार एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७२ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र स्थानीय तहमा १५ जनामा एन्टिजिन परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

३४ बुँदे पेशागत मागसहित शिक्षक महासंघले सुरु गर्यो रिले अनशन
शुक्रबार, साउन १५, २०७८
मैनापोखरी - नेपाल शिक्षक महासंघ दोलखाले विभिन्न पेशागत माग राख्दै रिले अनशन सुरु गरेको छ । शिक्षक महासंघले शुक्रवारदेखि जिल्लाका सवै स्थानीय तहको कार्यलयमा आफ्न ३४ बुँदे विभिन्न माग सहित रिले अनशन सुरु गरेको हो । नेपाल शिक्षक महासंघ बैतेश्वरले पनि गाउँपालिकाको कार्यालयमा मागपत्र पेश गर्दै रिले अनसन सुरु गरेको...

चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री
शुक्रबार, साउन १५, २०७८
चरिकोट – चीन सरकारले दोलखाको जिरी अस्पतालका लागि ७८ लाख बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको छङदु नगरपालिकाले अक्सिजन कन्सन्टेटर, पीपीई सेट, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, तथा सेनिटाईजर गरी ७८ लाख भन्दा बढि मुल्यको स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।

दोलखामा ३३८ जनामा कोरोनाको सक्रिय संक्रमण
बिहीबार, साउन १४, २०७८
चरिकोट – दोलखामा कोरोना संक्रमितको संख्या ३३८ पुगेको छ । बिहिवार आज १५ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३३८ पुगेको हो । बिभिन्न स्थानीय तहमा ३९ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखामा एक वर्षमा १८ जनामाथि बलात्कार, ८ जनामाथि बलात्कार प्रयास
बिहीबार, साउन १४, २०७८
चरिकोट – दोलखामा पछिल्लो आर्थिक वर्षमा १८ वटा बलात्कारका घट्ना भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्बजानिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७ ७८ मा १८ महिलाहरुमाथि जबरजस्ती करणी भएको हो । अघिल्लो आर्थिक वर्ष २१ वटा सोही प्रकृतिका घट्ना भएका थिए ।

कालिञ्चोक गाउँपालिका–५, मा बाढीपहिरोले मच्चाएको बितण्डा (तस्बिरहरु)
बुधबार, साउन १३, २०७८
चरिकोट – लगातारको वर्षापछि आएको बाढी पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ मा ठुलो क्षति पुगेको छ । दुई वर्ष अघि लापिलाङको रानीवन क्षेत्रबाट सुरु भएको बाढी र पहिरोले ठुलो रुप लिँदै गुमुखोलासम्मको क्षेत्रमा क्षति पुर्याएको हो ।

इजरायलमा एक हजार नेपालीलाई जागिरको अबसर, मासिक २ लाख तलब
मंगलबार, साउन १२, २०७८
काठमाडौं - सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने भएको छ । त्यसका लागि सोमवार विज्ञापन प्रकाशित भएको छ । यसअघि सरकारसँग भएको सम्झौता बमोजिम वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको हो ।

भीमेश्वर नगरपालिका ५ मा सुमो दुर्घट्ना, ७ जना घाईते
मंगलबार, साउन १२, २०७८
चरिकोट – दोलखा भीमेश्वर नगरपालिका ५ मा सुमो दुर्घट्ना हुँदा आधा दर्जन बढि घाईते भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ जरेपानीमा टाटासुमो दुर्घट्ना भएको हो ।

आहा ! बसन्तमा मन नअघाउने सुन्दर शैलुङ (फोटोफिचर)
शनिबार, साउन ९, २०७८
आहा ! बसन्तको हरियाली, हराभरा शैलुङका डाँडापाखा । प्रकृति र अध्यात्मको दोभान मानिने शैलुङ पुग्दा धर्तिकै स्वर्ग पुगेको अनुभुति हुन्छ । तन र मनमा आनन्द र ऊर्जा भरिन्छ । तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का । धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ । कुनै अग्ला त कुनै...

पार्टीका सबै सांसदले मन्त्री बनाउन दबाब दिँदा तनावमा छु : प्रचण्ड
शनिबार, साउन ९, २०७८
काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदहरुले तनाब दिईरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गर्दै मन्त्री पाएमात्रै काम गर्ने प्रबृत्ति बढेको बताए ।

दोलखामा पहिलो तारे होटल ‘एम्ब्रोसिया’ सञ्चालनमा, व्यवसायी बस्नेतको लगानी
शनिबार, साउन ९, २०७८
चरिकोट - व्यवसायी दिनेश बस्नेतको लगानीमा दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा आएको छ । सदरमुकाम चरिकोट स्थित अदिति कम्प्लेक्समा बस्नेतले तारे होटलमा उपलव्ध हुने सुविधासहित होटेल एम्ब्रोसिया सञ्चालनमा ल्याएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शनिवार आयोजित एक समारोहकाबीच होटलको शुभारम्भ गरे ।