Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंबाट मध्यम तथा लामो दुरीका सार्बजनिक यातायात संचालन गर्ने निर्णय
काठमाण्डौंबाट मध्यम तथा लामो दुरीका सार्बजनिक यातायात संचालन गर्ने निर्णय काठमाडौं - शनिवारदेखि काठमाण्डौंबाट मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयबारे सार्बजनिक सूचना जारी गर्दै प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
वाग्मती प्रदेशका १३ जिल्लामा कस्तो छ, अपराधिक घट्नाको स्थिति ? (हेर्नुस् तथ्यांक)
वाग्मती प्रदेशका १३ जिल्लामा कस्तो छ, अपराधिक घट्नाको स्थिति ? (हेर्नुस् तथ्यांक) हेटौंडा – वाग्मती प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष बिभिन्न अपराधहरुको संख्या घटेको तथ्यांक प्रहरीले सार्बजानिक गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लाको दुई वर्षको तुलनात्मक अपराधको बिवरण प्रदेश प्रहरी कार्यालयले सार्बजानिक गरेको हो । जस अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४५९४ बिभिन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा...
नेपालमा किन स्थिर छ कोरोना संक्रमण दर ?
नेपालमा किन स्थिर छ कोरोना संक्रमण दर ? काठमाण्डौं - नेपालमा कोरोना संक्रमण दर स्थिर देखिएको छ । तर जोखिम भने कायमै रहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् । स्वास्थ्य अधिकारी र विज्ञहरूले केही सातादेखि नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या स्थिर अवस्थामा रहेको बताए । उनीहरुका अनुसार नेपालमा कोरोनाभाइरसको जोखिम भने कम भएको छैन ।
पार्टी एकताको विकल्प नभएको एमाले माधब समुहको निष्कर्ष
पार्टी एकताको विकल्प नभएको एमाले माधब समुहको निष्कर्ष काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । उक्त समुहका सहित २२ एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिएपछि पहिलो पटक बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
दोलखाको लाकुरीडाँडामा एक पुरुषको हत्या, कान्छि श्रीमतीसहित दुई जना पक्राउ
दोलखाको लाकुरीडाँडामा एक पुरुषको हत्या, कान्छि श्रीमतीसहित दुई जना पक्राउ चरिकोट – दोलखा भीमेश्वर नगरपालिकामा एक पुरुषको हत्या भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाको सुर्केका ६८ वर्षिय पदम बहादुर तामाङको कर्तव्य गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
चरिकोट स्थित आवाज नेपालको संरक्षणमा रहेकी किशोरी सम्पर्कविहिन
चरिकोट स्थित आवाज नेपालको संरक्षणमा रहेकी किशोरी सम्पर्कविहिन चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित आवाज नेपालको संरक्षण र रेखदेखमा रहेकी एक किशोरी सम्पर्कविहिन भएकी छिन् । शैलुङ गाउँपालिका वडा नम्बर ३, मागापौवा घर भई हाल आवाज नेपालको संरक्षणमा रहेकी १७ वर्षिय निर्मला भन्ने फुलमाया तामाङ बेपत्ता भएकी हुन् ।
एमाले अध्यक्ष ओली र जसपा ठाकुर समुहबीच वालकोटमा भेटवार्ता
एमाले अध्यक्ष ओली र जसपा ठाकुर समुहबीच वालकोटमा भेटवार्ता काठमाण्डौं - जनता समाजवादी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समुहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न ठाकुर आफ्नो टोलीसहित वालकोट पुगेका हुन् ।
नेपाली कामदार ईजरायल पठाईदै, आवेदन लिने तयारी
नेपाली कामदार ईजरायल पठाईदै, आवेदन लिने तयारी काठमाडौं - वैदेशिक रोजगार विभागले साउन महिनादेखि नेपाली कामदार ईजरायल पठाउने तयारी गरेको छ । त्यसका लागि साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वान गर्ने तयारी छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईले नेपाली कामदारलाई इजरायल पठाउनका लागि साउनको पहिलो वा दोस्रो साता विज्ञापन गर्ने तयारी भैरहेको जानकारी दिए ।
नेपाली कामदारलाई दक्षिण कोरिया जाने बाटो खुल्यो
नेपाली कामदारलाई दक्षिण कोरिया जाने बाटो खुल्यो काठमाडौँ - नेपालमा कोरोना महामारी सुरु भएसँगै दक्षिण कोरियाले रोकेको नेपाली कामदार लैजाने प्रक्रिया पुन सुचारु भएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजादै आएको छ । महामारीपछि उसले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त...
चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु
चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु चरिकोट – दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी ७२ वर्षिया बृद्धा रहेकी छिन् ।
युवा संघ र अनेरास्ववियुद्धारा दोलखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन (तस्बिहरु)
युवा संघ र अनेरास्ववियुद्धारा दोलखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन (तस्बिहरु) चरिकोट – नेकपा एमालेको भातृ संगठनहरुले दोलखामा प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जवराको पुत्ला दहन गरेका छन् । सदरमुकाम चरिकोटमा एमालेको भातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले चर्को नाराबाजी सहित प्रधानन्यायधिस राणाको पुत्ला दहन गरेका हुन् ।
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या मन्थली - रामेछाप घर भएका नेपाली सेनाका एक जवानले आत्माहत्या गरेका छन् । रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर आत्माहत्या गरेका हुन् । उनले महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेका थिए ।
Weather Update