Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सहकारी सम्बन्धी छानबिन समितिको म्याद १५ दिन थप
सहकारी सम्बन्धी छानबिन समितिको म्याद १५ दिन थप काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
नेपाल पत्रकार महासंघको चुनाव ५ असोजमा
नेपाल पत्रकार महासंघको चुनाव ५ असोजमा काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।
रामेछापमा जलविद्युत आयोजनाको बाँध खोल्दा जल्दै गरेको शव नदीले बगायो
रामेछापमा जलविद्युत आयोजनाको बाँध खोल्दा जल्दै गरेको शव नदीले बगायो मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिकामा जलाईदै गरेको शव खोलाले बगाएको छ । लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगेको हो । शनिबार साँझ गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले बाँध खोलेर नदीमा पानी पठाएको थियो ।
चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ
चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ काठमाडौँ । काठमाडौंमा संचालित एक चरिकोट गेष्ट हाउस र टिमुरे क्याफेमा नावालिकाहरुलाई बेस्याबृत्तिमा लगाउने गरेको पाईएको छ । जडीबुटीमा संचालन गरिएको उक्त गेष्ट हाउस र क्याफेमा नावालिकाहरुलाई आर्थिक प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको हो ।
Weather Update