Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, दश दिन निषेधाज्ञा जारी
दोलखामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, दश दिन निषेधाज्ञा जारी चरिकोट – दोलखामा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि बुधवार रातीदेखि निषेधाज्ञा जारी गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधवार मध्येरातीदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु
कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु काठमाडौं - मंगलबार नेपालमा कोरोनाभाइरसबाट हालसम्मकै धेरै जना व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।
सांसद चौलागाई सहित दोलखाका थप ३ जनालाई कोरोना संक्रमण
सांसद चौलागाई सहित दोलखाका थप ३ जनालाई कोरोना संक्रमण चरिकोट – नेकपा एमाले नेता एवं वाग्मती प्रदेशसभा सांसद पशुपति चौलागाईलाई कोरोना संक्रमण भएको छ । नेता चौलागाईलाई मंगलवार कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी दिएका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रको नवनियुक्त प्रमुख लामाले सम्हाले जिम्मेवारी
गौरीशंकर संरक्षण क्षेत्रको नवनियुक्त प्रमुख लामाले सम्हाले जिम्मेवारी सिंगटी - गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको प्रमुखमा नरेन्द्र लामा नियुक्त भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले हालै एक्यापको प्रमुखमा नियुक्त गरेपछि उनले आयोजनाको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन् ।
दोलखामा कोरोनाका बिरामीलाई अक्सिजन दिएर उपचार गरिँदै, हेलचेक्र्याई नगर्न  अपिल
दोलखामा कोरोनाका बिरामीलाई अक्सिजन दिएर उपचार गरिँदै, हेलचेक्र्याई नगर्न अपिल चरिकोट – दोलखा जिल्लामा कोरोनाका संक्रमित बिरामीहरुलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना संक्रमित मध्ये करिब एक चौथाई बिरामीहरुलाई अक्सिजनको सहयोगमा उपचार गर्नुपर्ने अवस्था आएको हो ।
नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिए, २७ जनाको मृत्यु
नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिए, २७ जनाको मृत्यु काठमाडौँ - नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
दोलखामा कोरोनाको लक्षण देखिएका २ जनामा संक्रमण पुष्टि
दोलखामा कोरोनाको लक्षण देखिएका २ जनामा संक्रमण पुष्टि चरिकोट - दोलखामा आईतवार दुई जना कोरोना संक्रमित थपिएका छन् । जिरी नगरपालिका वडा नम्बर ५ र तामाकोसी गाउँपालिका वडा नम्बर ३ का एक एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
दोलखाकी कोरोना संक्रमित युवतीको मृत्यु
दोलखाकी कोरोना संक्रमित युवतीको मृत्यु चरिकोट - दोलखाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ की संक्रमित महिलाको मृत्यु भएको हो । अन्दाजी २५ वर्षिय युवतीको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
दोलखामा १३ जनालाई कोरोना भाईरसको सक्रिय संक्रमण
दोलखामा १३ जनालाई कोरोना भाईरसको सक्रिय संक्रमण चरिकोट – दोलखामा केही दिनको अन्तरालमा १३ जना कोरोनाका संक्रिय संक्रमित छन् । शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण र मृत्युदर हालसम्मकै उच्च
कोरोना संक्रमण र मृत्युदर हालसम्मकै उच्च कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।
माथिल्लो तामाकोशी आयोजना उद्घाटनको तयारी, सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ
माथिल्लो तामाकोशी आयोजना उद्घाटनको तयारी, सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ चरिकोट - ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटनको तयारी गरिएको छ । आयोजनाको छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भएको हो ।
गृह मन्त्रालयका अधिकारी भन्छन् : शुक्रवारदेखि निषेधाज्ञामा कडाई हुन्छ,
गृह मन्त्रालयका अधिकारी भन्छन् : शुक्रवारदेखि निषेधाज्ञामा कडाई हुन्छ, काठमाडौं - गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन सडकमा भिडभाड देखिएपछि निषेधाज्ञा कडाई गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दोस्रो दिनबटा निषेधाज्ञामा कडाई गरिने बताए ।
Weather Update