Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण
दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण चरिकोट - दोलखामा फेरी कोरोना संक्रमित फेला पर्न थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरिएको एक जना २२ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको हो ।
भूकम्प गएको ६ वर्ष पुरा : कति पुरा भयो पुनर्निर्माण ?
भूकम्प गएको ६ वर्ष पुरा : कति पुरा भयो पुनर्निर्माण ? काठमाडौं - गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको ६ वर्ष पुरा भएको छ । भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रिय युवा संघ दोलखाले काठमाण्डौंबाट थाल्यो संगठन सदृढिकरण अभियान
राष्ट्रिय युवा संघ दोलखाले काठमाण्डौंबाट थाल्यो संगठन सदृढिकरण अभियान काठमाण्डौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखाले काठमाण्डौंबाट संगठन सुदृढिकरण अभियान सुरु गरेको छ । दोलखा जिल्ला स्थायी घर भई काठमाडौमा बसोबास गर्ने युवाहरुको शनिवार वृहत भेला आयोजना गरी युवा संघले संगठन सदृढिकरण तथा विस्तार अभियान सुरु गरेको हो ।
कोरोना कहर : सांसदहरुको सहयोगमा अब दोलखामै पीसीआर परीक्षणको सुबिधा
कोरोना कहर : सांसदहरुको सहयोगमा अब दोलखामै पीसीआर परीक्षणको सुबिधा चरिकोट – कोरोना संक्रमण दर पुन बढिरहेका बेला दोलखामै परीक्षणको व्यवस्था मिलाईने भएको छ । कोरोना संक्रमण भए नभएको परीक्षण गर्न सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा पीसीआर मेसिन जडान गरिएको छ । अस्पतालका अधिकारीहरुले जानकारी दिए अनुसार केही दिनभित्रै पीसीआर परीक्षणको काम सुरु गर्ने तयारी छ ।
दोलखाका नेताहरुलाई एमाले केन्द्रको महत्वपुर्ण विभागिय जिम्मेवारी
दोलखाका नेताहरुलाई एमाले केन्द्रको महत्वपुर्ण विभागिय जिम्मेवारी चरिकोट - दोलखा जिल्लाबाट नेकपा एमालेको केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नेताहरुले महत्वुर्ण जिम्मेवारी पाएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले दोलखाका नेताहरु पार्वत गुरुङ, आनन्द प्रसाद पोखरेल, ईश्वरी रिजालसहितको नेताहरुले महत्वपुर्ण विभागिय जिम्मेवारी दिएको हो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अत्यन्त जरुरी सूचना !
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अत्यन्त जरुरी सूचना ! दोलखाको विगु गाउँपालिका १¸ लामावगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको छ ।
कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको रुखले किचेर मृत्यु
कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको रुखले किचेर मृत्यु चरिकोट - नेपाली कांग्रेस दोलखाका पुर्व सभापति देवी प्रसाद न्यौपाने रुखले किचेर मृत्यु भएको छ । तामाकोशी गाउँपालिका जफे निवासी न्यौपानेको आफ्नै घर नजिकै रुखले किचेर मृत्यु भएको हो ।
जसपाका नेता कार्यकर्ता बिरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
जसपाका नेता कार्यकर्ता बिरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय काठमाण्डौं - सरकारले जसपाका नेता कार्यकर्ताहरुमाथि लागेको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय काठमाण्डौं - मन्त्री परिषद बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । एक मन्त्रीका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय भएको छ ।
राष्ट्रपति भण्डारीद्धारा संसदको चालु अधिवेशन अन्त्य
राष्ट्रपति भण्डारीद्धारा संसदको चालु अधिवेशन अन्त्य काठमाडौं - सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । आज अपरान्ह १ बजेबाट संसद अधिवेशन अन्त्य हुनेगरी मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
एकैदिन झण्डै एघार सयमा देखियो कोरोना संक्रमण
एकैदिन झण्डै एघार सयमा देखियो कोरोना संक्रमण काठमाडौं - पछिल्लो २४ घण्टाको अवधिमा १०९६ जनालाई कोरोना संक्रमण भएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टी
पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टी काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो ।
Weather Update