Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना संक्रमित दोलखा कालिञ्चोक गाउँपालिकाका बृद्धले ज्यान गुमाए
कोरोना संक्रमित दोलखा कालिञ्चोक गाउँपालिकाका बृद्धले ज्यान गुमाए काठमाण्डौं – कोरोना संक्रमित दोलखा घर भएका थप एक जनाको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका घर भएका ६५ वर्षिय वृद्धको शनिवार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका ४ जनामा देखियो कोरोना संक्रमण
प्रधानमन्त्रीको सचिवालयका ४ जनामा देखियो कोरोना संक्रमण काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण देखिएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको हो ।
दोलखामा गैर सरकारी संस्थाहरुको आन्तरिक सुशासन र भूमिका सदृढ बनाउने अभ्यास
दोलखामा गैर सरकारी संस्थाहरुको आन्तरिक सुशासन र भूमिका सदृढ बनाउने अभ्यास चरिकोट - दोलखामा क्रियाशिल नागरिक समाज एवं गैर सरकारी संघ सस्थाहरुको भुमिका थप प्रभावकारी बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
दोलखाको शैलुङ गाउँपालिकामा एक महिलाद्धारा श्रीमानको हत्या
दोलखाको शैलुङ गाउँपालिकामा एक महिलाद्धारा श्रीमानको हत्या चरिकोट — दोलखाको शैलुङ गाउँपालिकामा एक महिलाले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । गाउँपालिका वडा नम्बर ७ भैंसे मनागाउँका ५२ वर्षिय हस्तनारायण श्रेष्ठको हत्या भएको हो ।
वालिका बलात्कारीलाई मृत्युदण्डको कानुनी प्रावधान ल्याउने तयारी
वालिका बलात्कारीलाई मृत्युदण्डको कानुनी प्रावधान ल्याउने तयारी काठमाडौँ — बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध मृत्युदण्डसहितको कानुनी प्रावधान ल्याउने तयारी गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूको छलफलले कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ ।
हराएको भनिएको नेपाल-चीन ११ नम्बर सिमास्तम्भ भेटियो
हराएको भनिएको नेपाल-चीन ११ नम्बर सिमास्तम्भ भेटियो काठमाण्डौं— हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ भेट्टाएको हो ।
जनप्रतिनिधि, पत्रकार र सुरक्षा अधिकारीलाई संरक्षण क्षेत्रले सम्मान गर्ने
जनप्रतिनिधि, पत्रकार र सुरक्षा अधिकारीलाई संरक्षण क्षेत्रले सम्मान गर्ने सिंगटी — गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले जनप्रतिनिधि, पत्रकार र सुरक्षा अधिकारीलाई सम्मान गर्ने भएको छ । राष्ट्रिय संरक्षण दिवसको अवसरमा बुधवार आयोजनाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्का, पत्रकार लक्ष्मण खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङलाई पुरस्कारसहित सम्मानका लागि छनौट गरिएको जनाएको छ ।
“बाढीपहिरोले सुकुम्बासी बनायो, छिट्टै पुर्नस्थापना गरिदिए हुन्थ्यो”
“बाढीपहिरोले सुकुम्बासी बनायो, छिट्टै पुर्नस्थापना गरिदिए हुन्थ्यो” चरिकोट — कालिञ्चोक गाउँपालिका—५, का बीर बहादुर थामीले भुकम्पले भत्काएको घर ठड्याएको १ वर्षमात्रै भएको थियो । जसोतसो घर बनाएपछि उनले बालवच्चा राम्रोसंग पढाउने, केही व्यवसाय गर्ने जिन्दगीको नयाँ सपनाहरु देख्न थालेका थिए । तर त्यही सपनाको झुपडीपनि भदौं १९ गतेको बाढीपहिरोले बगाएपछि उनको परिवार अहिले आफन्तको शरणमा छन् ।
दोलखाकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
दोलखाकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु चरिकोट - दोलखाकी थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षिया महिला रहेपनि विस्तृत विवरण खुलाईएको छैन ।
बिचल्लीमा परेका ४ वालवालिकाका लागि जुट्यो ६२ हजार आर्थिक सहयोग
बिचल्लीमा परेका ४ वालवालिकाका लागि जुट्यो ६२ हजार आर्थिक सहयोग चरिकोट — दुबैजना अविभावक गुमाएपछि विचल्लीमा परेका दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का ४ वालवालिकाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
दोलखाका अग्रज पत्रकार मास्केलाई प्रबल जनसेवा श्री चतुर्थ विभुषण
दोलखाका अग्रज पत्रकार मास्केलाई प्रबल जनसेवा श्री चतुर्थ विभुषण चरिकोट — दोलखाका अग्रज पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्के प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर उनलाई सरकारले उक्त विभुषणद्धार विभुषित गर्न लागेको हो ।
दोलखाको गौरीशंकर ३ मा महिला मृत अवस्थामा फेला
दोलखाको गौरीशंकर ३ मा महिला मृत अवस्थामा फेला चरिकोट — दोलखाको गौरीशंकर गाउँपालिमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुकी ५९ वर्षिया वृद्ध महिला चन्द्रमाया खड्का शनिवार विहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
Weather Update