भिमेश्वर नगरपालिका १ का कार्यालय सहयोगीको शंकास्पद मृत्यु
बुधबार, असोज २८, २०७७

नेकपा नेतृ देवी खड्कालाई पनि कोरोना पोजेटिभ
मंगलबार, असोज २७, २०७७
चरिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य एवं पुर्वराज्यमन्त्री देवी खड्कालाई कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यही असोज २५ गते नेतृ खड्काको स्वाब जिल्लामै संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

सार्वजानिक यातायातलाई फुलसिट यात्रु बोक्न दिने सरकारको निर्णय
सोमबार, असोज २६, २०७७
काठमाडौं - सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले आधा सिट क्षमतामा मात्रै यात्रु चढाउन पाउने पुरानो निर्णय परिमार्जन गर्दै फुल सिट चढाउन पाउने नयाँ निर्णय गरेको हो ।

दोलखामा कोरोना संक्रमित थपिँदै, थप दुई जनामा संक्रमण पुष्टि
सोमबार, असोज २६, २०७७
चरिकोट - दोलखाको तामाकोसी गाउँपालिकामा कोरोना (कोभिड १९) को संक्रमण बढ्न थालेको छ । सोमवार वडा नम्बर ६ घर भएका थप दूई जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १४ वर्षिय वालक र २१ वर्षिया युवती रहेका छन् ।

बैतेश्वर जग्गा प्रकरण : अपचलन भएको नेकपाको ठहर, संलग्न नेता र जनप्रतिनिधिलाई कारबाहीको निर्णय
आइतबार, असोज २५, २०७७
चरिकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएको ठहर गर्दै त्यसमा संलग्न नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ ।

विपदका बेला वेलायतका नेपालीहरुबाट अक्सिजन उपकरण सहयोग
शनिबार, असोज २४, २०७७
चरिकोट - जिल्लामा कोरोना (कोभिड १९) को जोखिम बढ्दै गएका बेला वेलायतमा बस्ने नेताहरुले सहयोग स्वरुप अक्सिजन उपलव्ध गराएका छन् । कालिञ्चोक गाउँपालिका भई हाल वेलायत बस्दै आएका लक्ष्मण चिमोरियाको पहलमा खरिद गरिएको उक्त अक्सिजन शनिवार जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

कोरोना कहर : संक्रमितको मृत्युपछि न घाट, न संस्कार !
शनिबार, असोज २४, २०७७
चरिकोट — हिन्दु परम्परा अनुसार कोही व्यक्तिले देह त्याग गरेपछि शवलाई नदी किनार लगिन्छ । समाधि बनाईन्छ, बिधिपुर्वक छोराले दागबत्ती दिएपछि जलाएर अस्तु सेलाईन्छ । त्यसपछि छोराहरु कपाल मुण्डन गर्दछन्, किरियापुत्री बस्ने र बरखी बार्ने गर्दछन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयको मृत्यु
शुक्रबार, असोज २३, २०७७
काठमाडौँ — नेपालमा कोरोना (कोभिड १९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ६७६ पुगेको हो ।

दोलखाका सांसद विशाल खड्कालाई कोरोना संक्रमण
शुक्रबार, असोज २३, २०७७
चरिकोट - वाग्मती प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद विशाल खड्कालाई कोरोना संक्रमण देखिएको छ । दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खड्कालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो ।

दोलखामा कोरोना संक्रमितको पहिलो मृत्यु, चरिकोटमा मृत्यु भएकी महिलामा संक्रमण पुष्टि
शुक्रबार, असोज २३, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोटमा मृत्यु भएकी एक बृद्धामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएकी बैतेश्वर गाउँपालिकाकी ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको हो ।

८ जना कर्मचारीलाई कोरोना देखिएपछि तामाकोसी आयोजनाको काठमाण्डौं स्थित कार्यालय बन्द
मंगलबार, असोज २०, २०७७
काठमाण्डौं – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरुको यहि असोज १७ र १८ गते पीसीआर परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

दोलखाको तामाकोसी र विगुमा दुई जना कोरोना संक्रमित थपिए
मंगलबार, असोज २०, २०७७
चरिकोट – दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको तामाकोसी गाउँपालिका र विगु गाउँपालिकाका एक÷एक जना व्यक्तिमा संक्रमण देखिएको हो ।

अमेरिकामा लागु भयो कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास गर्न नदिने नियम
सोमबार, असोज १९, २०७७
काठमाडौं - अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवासको अनुमति नदिने प्रावधानसहित आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । परिवर्तन गरिएको नयाँ आप्रवासी नियममा कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था छ ।