बाढीपहिरो पीडितलाई लापिलाङ सामाजिक सेवा समितिले जुटायो सहयोग
शुक्रबार, असोज २, २०७७

करिव ३ सय बाढीपहिरो पीडित परिवारलाई खाद्यन्नसहितको राहात सामाग्री बितरण
शुक्रबार, असोज २, २०७७
चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ स्थित बाढीपहिरो पीडितहरुलाई बिहिवार खाद्यन्न सहितको राहात वितरण गरिएको छ । रानीवन पहिरोबाट विस्थापित २६ परिवार सहित जोखिममा परेका र बारी क्षेति भएका करिव ३ सय पीडित परिवारहरुलाई राहात वितरण गरिएको हो ।

बाढीपहिरो पीडितहरुको जिम्मा सरकारले लिन्छ : मन्त्री गुरुङ
शुक्रबार, असोज २, २०७७
चरिकोट — महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बाढीपहिरो पीडितहरुको राहात, उद्धार र पुर्नस्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

देशभर सार्वजानिक यातायात संचालनमा
बिहीबार, असोज १, २०७७
काठमाडौँ — लामो दूरीको सार्वजनिक यातायात सेवा ६ महिनापछि (बिहिवार) देखि संचालनमा आएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन ।

मुख्यमन्त्री राईबिरुद्ध दोलखाकी एक युवतीले दिएको मुद्धा फिर्ता लिईन्
बुधबार, भदौ ३१, २०७७
काठमाडौं - दोलखा घर भएकी एक युवतीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन दुव्र्यवहार गरेको भन्दै दिएको मुद्धा फिर्ता लिएकी छिन् । यौन दुव्र्यबहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबीसहित दोलखा जिल्ला घर भएकी बालिका खड्काले अदालतमा मुद्धा हालेकी थिईन् ।

दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, भदौ ३१, २०७७
चरिकोट - दोलखामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । भिमेश्वर नगरपालिकामा ४ र विगु गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

कांग्रेसमा नयाँ नेतृत्वको बहस : कसले सम्हाल्न सक्छ, दोलखाको बागडोर ?
बुधबार, भदौ ३१, २०७७
चरिकोट — नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुने/नहुने अन्यौल नै रहेपनि जिल्ला तहमा भने नेतृत्वको बहस सुरु भएको छ । जिल्ला पार्टी नेतृत्वमा कसलाई स्थापित गर्ने भन्ने विषयमा नेता कार्यकर्ताबीच बहस तीब्र छ । जिल्ला सभापति लगायत पदाधिकारीमा आफुलाई बलियो बनाउन आकांक्षी नेताहरु कार्यकर्ताहरुसँग बाक्लो लविङमा छन् । कार्यकर्ताहरुलाई आफ्नो पक्षमा...

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्यानेच्युडको भुकम्प
बुधबार, भदौ ३१, २०७७
काठमाण्डौं - नेपालमा बुधबार विहान ठुलो भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

व्यवसायीले दोलखा उद्योग वाणिज्य संघको सदस्यता पाएनन्
मंगलबार, भदौ ३०, २०७७
सिंगटी — दोलखाको उत्तरी क्षेत्रका एक सय भन्दा बढी व्यवसायीहरु आफ्नै छाता संस्थामा संगठित हुने अबसरबाट बञ्चित भएका छन् । सिंगटी शाखामार्फत विगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाबाट सदस्यताका लागि आवेदन दिएका १ सय १७ नयाँ व्यवसायीले सदस्यता पाएका छैनन् ।

निता राउत फाउण्डेशन र क्रियटिभ ह्याण्डसद्धारा पहिरो पीडित २० घरपरिवारलाई जस्तापाता बितरण
सोमबार, भदौ २९, २०७७
चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङ स्थित पहिरो पीडितहरुका निता राउत फाउण्डेशन र क्रियटिभ ह्याण्डस् काठमाण्डौंले जस्तापाता बितरण गरेका छन् । पहिरोबाट विस्थापित भएका २० घरपरिवारलाई सोमवार एक कार्यक्रमकाबीच जस्तापाता बितरण गरिएको हो ।

झण्डै १८ हजार नागरिकको विमाका लागि सहयोग गर्ने तामाकोसी गाउँपालिकाको निर्णय
आइतबार, भदौ २८, २०७७
चरिकोट — दोलखाको तामाकोसी गाउँपालिकाले झण्डै १८ हजार नागरिकको विमाका लागि सहयोग गर्ने भएको छ । गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले प्रत्येक नागरिकको कोरोना विमा गर्नुपर्ने निर्णय गर्दै सहयोग गर्ने निर्णय गरेको हो ।

दोलखाको सुरी हाईड्रो पावरमा कार्यरत युवकको क्रेनबाट खसेर मृत्यु
शनिबार, भदौ २७, २०७७
चरिकोट — दालखाको गौरीशंकर गाउँपालिका स्थित एक हाईड्रो पावरमा कार्यरत एक युवकको क्रेनबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका ६ का ३१ वर्षिय महेश केसि रहेका छन् ।

दोलखामा शुक्रवारदेखि शर्तसहित आन्तरिक लकडाउन खुल्दै, सार्वजानिक यातायातपनि चल्ने
बिहीबार, भदौ २५, २०७७
चरिकोट – दोलखामा जारी निषेधाज्ञा भोली (शुक्रवार) देखि आन्तरिक रुपमा खुलाईने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईपुर्वक लागु गर्दै लकडाउन खुल्ला गर्ने तयारी भएको हो । जिल्ला संकट व्यवस्थापन समितिले निजी तथा सार्वजानिक यातायात, बजार, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सुचारु गरेर लकडाउन खुकुलो...