Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको कालिञ्चोक गाउँपालिकामा पनि कोरोना संक्रमित भेटिए
दोलखाको कालिञ्चोक गाउँपालिकामा पनि कोरोना संक्रमित भेटिए चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हाईड्रोपावरमा गम्भिर घाईते मजदुरको हेलिकोप्टर मार्फत उद्धार
हाईड्रोपावरमा गम्भिर घाईते मजदुरको हेलिकोप्टर मार्फत उद्धार चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका स्थित हाईड्रोपावरमा कार्यरत एक मजदुर ढुंगा लागेर गम्भिर घाईते भएका छन् । वडा नम्बर ७ मार्बु स्थित सासा हाईडोपावरको टनेलभित्र व्लाष्टिङको काम गर्ने २६ वर्षिय चन्द्र बहादुर तामाङ घाईते भएका हुन् ।
गौरीशंकरका जनप्रतिनिधिदेखि बिरामीसम्म कोरोना संक्रमितको सम्पर्कमा, ८३ जनाको स्वाब परीक्षण गरिँदै
गौरीशंकरका जनप्रतिनिधिदेखि बिरामीसम्म कोरोना संक्रमितको सम्पर्कमा, ८३ जनाको स्वाब परीक्षण गरिँदै चरिकोट – दोलखाको गौरीशङ्कर गाउँपालिकामा पछिल्लो पटक कोरोना संक्रमण देखिएका दुई जना व्यक्तिसँग ८३ जना सम्पर्कमा पुगेको पाईएको छ । बुधवार उनीहरुको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट टेसिंग गर्दा ८३ जना व्यक्तिहरु उनीहरुको प्रत्यक्ष सम्पर्कमा पुगेको देखिएको हो ।
सरकारको रणनीति : लकडाउन नथप्ने, सिडिओ र स्थानीय तहलाई लकडाउनको जिम्मा
सरकारको रणनीति : लकडाउन नथप्ने, सिडिओ र स्थानीय तहलाई लकडाउनको जिम्मा काठमाण्डौं - सरकारले देशप्यापी रुपमा लकडाउन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमण दर बढिरहेपनि देशभरी लकडाउन नगर्ने निकर्षमा केन्द्र सरकार पुगेको हो । सरकारको निर्णय सार्वजानिक गर्दै अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले पुरानै मोडेलमा लकडाउन थप गर्ने योजनामा सरकार नरहेको बताए ।
दोलखामा थप दुई जनामा कोरोना संंक्रमण
दोलखामा थप दुई जनामा कोरोना संंक्रमण चरिकोट - दोलखाको गौरीशंकर गाउपालिकामा दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गाउँपालिकाबाट ७ जनाको स्वाब संकलन गरि पठाएकोमा दुई जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मृगौला पीडितका लागि जुट्यो आर्थिक सहयोग
मृगौला पीडितका लागि जुट्यो आर्थिक सहयोग चरिकोट - दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेका मृगौला पीडितका लागि आर्थिक सहयोग जुटेको छ । मृगौला पीडित तामाकोसी गाउँपाकिा २ झुले, निवासी ४९ वर्षिय केदार कार्की र २६ वर्षिया संगिता कार्कीका लागि आर्थिक सहयोग जुटेको हो ।
नेपाल थामी समाज रामेछापमा नयाँ नेतृत्व
नेपाल थामी समाज रामेछापमा नयाँ नेतृत्व दोरोम्बा - नेपाल थामी समाज रामेछापको तेस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको दोरम्बामा शनिवार सम्पन्न भएको अधिवेशनले भक्त बहादुर थामीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
बाढीपहिरोमा पुरिएर सुनखानीका युवकको मृत्यु
बाढीपहिरोमा पुरिएर सुनखानीका युवकको मृत्यु चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिका -८ खारे स्थित टुरिनटारमा पहिरोमा पुरिएर मृत्यु भएका १ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीका २८ वर्षिय सुरेश शिवाकोटी रहेका छन् ।
दोलखाको उत्तरी क्षेत्रमा बाढीपहिरोको बितण्डा, १ जना बेपत्ता, दर्जनौं घर र जलविद्युत आयोजनामा क्षति
दोलखाको उत्तरी क्षेत्रमा बाढीपहिरोको बितण्डा, १ जना बेपत्ता, दर्जनौं घर र जलविद्युत आयोजनामा क्षति चरिकोट – दोलखाको उत्तरी क्षेत्रमा एक्कासी ठुलो वर्षातपछि नदी र आसपासका क्षेत्रमा आएको बाढी र पहिरोले बितण्डा मच्चाएको छ । गएराती अत्याधिक बर्षासँगै खोला तथा नदीहरुमा बढेको पानीको बहाव, भेलबाढीमा १ जना बेपत्ता भएका छन् भने दर्जनौ घरहरुमा क्षेति पुगेको छ ।
एसईईको नतिजा प्रकाशित हुन अझै समय लाग्ने
एसईईको नतिजा प्रकाशित हुन अझै समय लाग्ने काठमाडौँ — यो वर्ष एसईईको परीक्षाफल प्रकाशित हुन अझै समय लाग्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने भएको हो ।
दोलखाको बैतेश्वर घर भएकी महिला प्रहरीमा कोरोना संक्रमण
दोलखाको बैतेश्वर घर भएकी महिला प्रहरीमा कोरोना संक्रमण चरिकोट – दोलखाको बैत्यश्वर गाउँपालिका घर भएकी एक महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर ७ की २४ वर्षिया महिला प्रहरीमा कोरोना पुष्टि भएको हो ।
नेपालमा ३८१ नयाँ कोरोना सक्रमित थपिए
नेपालमा ३८१ नयाँ कोरोना सक्रमित थपिए काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Weather Update