Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना 
उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना  काठमाडौं  । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भएका छन् । बिहीबार देशभर ३० वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी ३८ वटा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भएको निर्वाचन आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।
गौरीशंकरका मतदाता भन्छन् : ‘सही र योग्य उम्मेदवार पायौँ’
गौरीशंकरका मतदाता भन्छन् : ‘सही र योग्य उम्मेदवार पायौँ’ चरिकोट । दोलखा गौरीशंकर गाउँपालिका–८, खारेका गृहबहादुर बुढाथोकी मंसिर भित्र्याउन व्यस्त छन् । त्यही व्यस्तताका बिच आगामी मंसिर १६ गते हुने उप–निर्वाचनका उम्मेदवारहरु मत माग्न उनीकहाँ पुगिरहेका छन् । एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार उमा शेर्पा मंगलबार उनीकहाँ पुगेर मत मागिन् । मंसिरको चटारोमा भोट माग्दा गुनासो भन्दा उनले खुसी व्यक्त...
मानव तस्करीको आरोप लागेका सांसदलाई एमालेले गर्‍यो निलम्बन
मानव तस्करीको आरोप लागेका सांसदलाई एमालेले गर्‍यो निलम्बन काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको छ ।
कांग्रेसको युवा संकल्प यात्रा सुरु
कांग्रेसको युवा संकल्प यात्रा सुरु काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सुरु भएको छ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु भएको हो । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
दोलखाको गौरीशंकरमा उपनिर्वाचन : प्रमुख दलले टुंगो लगाए उम्मेदवार
दोलखाको गौरीशंकरमा उपनिर्वाचन : प्रमुख दलले टुंगो लगाए उम्मेदवार चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । एमालेले वडा नम्बर ७ मार्बुकी उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार निर्णय गरेको छ ।
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश काठमाडौं। सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै एकताबद्ध सन्देश दिएका छन् । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि उनीहरुले संयुक्त वक्तव्य जारी गरेका हुन् । 
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला उठाउनुपर्ने
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला उठाउनुपर्ने काठमाडौं । आगामी उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला अनिवार्य बनाउनुपर्ने भएको छ । गौरीशंकर, नलगाढ नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको हो ।
जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले 
जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले  काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका लागि एक व्यवसायीले गरेको जग्गा दानमा कुनै सौदाबाजी नरहेको स्पष्ट पारेको छ । सोही विषयलाई लिएर पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै एमालेले त्यसको भत्र्सना समेत गरेको छ ।
प्रश्न नउठ्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रश्न उठ्ने गरी काम नगर्न निर्देशन दिएका छन् । संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको जानकारी दिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।
उपनिर्वाचनका लागि २५ दल दर्ता
उपनिर्वाचनका लागि २५ दल दर्ता काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । सरकारले संविधान बमोजिम मंसिर १६ गते आइतवार उपनिर्वाचनको मिति तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलहरु सोही प्रयोजनका लागि दर्ता भएका हुन्  ।
उद्धार, राहत र पुर्नस्थापनामा खट्न दलहरुको निर्देशन
उद्धार, राहत र पुर्नस्थापनामा खट्न दलहरुको निर्देशन काठमाडौं। अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेपछि उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन दलहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले यस्तो निर्देशन दिएका हुन् ।
मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सिफारिस
मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सिफारिस काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन गर्ने मिति सिफारिस गरेको छ । १६ मंसिरमा उपनिर्वाचन गर्न आयोगले सरकारलाई परामर्श दिएको हो । 
Weather Update