रास्वपा केन्द्रीय समिति बैठकका ९ एजेन्डा
शनिबार, भदौ २९, २०८१

लिपुलेक र कालापानी भारतको भनेपछि बिवादमा मेटमणी
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लिपुलेक र कालापानी भारतको भूमि भन्ने गम्भिर बिवादास्पद अभिव्यक्ति दिएपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी बिवादित बनेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सोसल मिडियामा उनको चर्को आलोचना भएको छ भने पार्टीले पत्र पठाएर स्पष्टीकरण मागेको छ ।

समसामयिक विषयमा ओली, देउवा र प्रचण्डको बैठक
बिहीबार, भदौ २७, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल एकैसाथ संवैधानिक नियुक्ति अघि बढाउने प्रस्ताव गरेका छन् ।

उपसभामुख हटाउन जुट्ला दुईतिहाई ?
बिहीबार, भदौ २७, २०८१
काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेलाई उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाई जुटाउन सकस देखिएको छ । दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउने दुई दलको तयारी छ । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको छ ।

भारतिय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी सुरु
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरु भएको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् ।

प्रधानमन्त्री भन्छन् : उपचुनावमा तालमेल हुँदैन
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् ।