Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा भूकम्प, आसपासका जिल्लामा पनि धक्का
सिन्धुपाल्चोकमा भूकम्प, आसपासका जिल्लामा पनि धक्का काठमाडौं । सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 
माओवादी राजनीतिमा सक्रिय हुँदै पुर्ब उपराष्ट्रपति पुन
माओवादी राजनीतिमा सक्रिय हुँदै पुर्ब उपराष्ट्रपति पुन काठमाडौं । पुर्ब उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठकमा सहभागी भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पुनपनि सहभागी भएका हुन् । पुन यसअघि माओवादीका अन्य बैठकहरूमा सहभागी हुँदै आएका थिए ।
२८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र स्वीकृत
२८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र स्वीकृत काठमाडौं । मन्त्रिपरिषदले ऊर्जा विकास मार्गचित्र–२०८१ स्वीकृत गरेको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य छ । 
सन् २०२४ मा झण्डै साँढे ११ लाख पर्यटक भित्रिए
सन् २०२४ मा झण्डै साँढे ११ लाख पर्यटक भित्रिए काठमाडौँ । सन् २०२४ मा झण्डै साँढे ११ लाख पर्यटक नेपाल भित्रिएका छन् । पुष मसान्तसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको बताए । यो सन् २०२३ को तुलनामा...
गैर कम्युनिष्ट पार्टी बनाउने रावलको तयारी
गैर कम्युनिष्ट पार्टी बनाउने रावलको तयारी काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित नेता भीम रावलले गैर कम्युनिष्ट पार्टी बनाउने तयारी गरेका छन्। प्रजातान्त्रिक खेमाका नेताहरुलाई समेत समेटेर उनले गैरकम्युनिस्ट पार्टी बनाउने भएका हुन ।
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । 
शेरा दरबार जग्गा अपचलनका दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
शेरा दरबार जग्गा अपचलनका दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन काठमाडौँ । नुवाकोटाको शेरा दरबारको जग्गा अपचलनबारे गहिरो अनुसन्धन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
बाग्मती प्रदेशको बजेट खर्च न्यून, १२ प्रतिशत मात्रै खर्च
बाग्मती प्रदेशको बजेट खर्च न्यून, १२ प्रतिशत मात्रै खर्च बागमती । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आव २०८१र८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
देशभरको मौसममा बदली
देशभरको मौसममा बदली काठमाडौँ । काठमाडौँसहित देशभरको मौसम बदली भएको छ । मौसमविदहरुका अनुसार पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
संविधान संशोधनका लागि संयन्त्र बनाउँदै कांग्रेस–एमाले
संविधान संशोधनका लागि संयन्त्र बनाउँदै कांग्रेस–एमाले काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि दुई दलका शीर्ष नेतासहित बालुवाटारमा केही दिनदेखि भएको शृंखलाबद्ध छलफल भैरहेको छ ।
दोलखामा गाडीको ठक्करबाट एक जनाको मृत्यु
दोलखामा गाडीको ठक्करबाट एक जनाको मृत्यु चरिकोट । दोलखामा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हाइलक्स गाडीको ठक्करबाट भीमेश्वर नगरपालिका –५ चोथाङका ५४ वर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको हो । शुक्रबार दिउँसो भीमेश्वर नगरपालिका –६ महादेव खोलामा उक्त घट्ना भएको हो ।
रवि लामिछाने बिरुद्धको मुद्धा अब अदालतमा 
रवि लामिछाने बिरुद्धको मुद्धा अब अदालतमा  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धा अब अदालतमा पुग्दैछ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो । उनीबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागिएको छ । 
Weather Update