महाकालीमा विपिन जोशीको अन्त्येष्टि
मंगलबार, कात्तिक ४, २०८२
राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निवेदन
सोमबार, कात्तिक ३, २०८२
काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ताका लागि निवेदन परेको छ । राप्रसाद सेती (किरण विक) अध्यक्षमा उक्त दल दर्ताका लागि निवेदन दिईएको हो । उक्त दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ ।
विदेश भागेको भनिएका पुर्वमन्त्री खड्का जलाईएको निवासमा सार्वजनिक
सोमबार, कात्तिक ३, २०८२
काठमाडौं । विदेश भागेको भनिएका पुर्वमन्त्री दिपक खड्का जेनजी आन्दोलनका क्रममा जलाईएको निवासमा सार्वजनिक भएका छन् । सम्पति शुद्धिकरण अनुसन्धान सुरु भएपछि उनलाई विदेश भागेको बताईएको थियो ।
दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिने तयारी
सोमबार, कात्तिक ३, २०८२
काठमाडौं । दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारको अध्ययन रिपोर्टलाई अन्तिम रुप दिने तयारी गरिएको छ । यस विषयमा छलफल गर्न सरकारी टोली चीन जाने भएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान...
प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादीसहित सात दलसँग बार्ता गर्ने
आइतबार, कात्तिक २, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलेदलहरुसँग संवादको तयारी गरेकी छन् । फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी हुन् ।
च्याम्पियनको यात्रामा नेपाल
बिहीबार, असोज ३०, २०८२
काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नजिक पुगेको छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामोओलाई पराजित गरे यस प्रतियोगिता नै जित्ने छ । सुपर सिक्समा नेपालले बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य पाएको घरेलु टोली ओमानले मस्कटको अल...
दलहरुसँग छलफलमा निर्वाचन आयोग
बिहीबार, असोज ३०, २०८२
काठमाडौं । निर्वाचन आयोग दलहरुसँग छलफलमा जुटेको छ । आगामी फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा आयोग राजनीतिक दलहरूसँग छलफलमा जुटेको हो । आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ ।
सुरु भयो वडादशैं
सोमबार, असोज ६, २०८२
काठमाडौं । वडादशैंको पहिलो दिन आज घटस्थापना मनाईदैछ । घटस्थापनासँगै नेपालीहरुको ठुलो पर्व बडादशैं सुरु भएको छ ।हिन्दु धर्मालम्विहरुले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।
प्रधानमन्त्री कार्कीले भेटिन् भारतीय राजदुत
मंगलबार, भदौ ३१, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आयोगले सुरु गर्यो निर्वाचनको तयारी
मंगलबार, भदौ ३१, २०८२
काठमाडौँ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको...
वडादशैं नजिकिँदै, टिकाको उत्तम साईत ११:५३ बजे
मंगलबार, भदौ ३१, २०८२
काठमाडौं । बडादशैं नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ । दशैंका लागि किनमेल गर्नेहरुको बजारमा भीड देखिन्छ । सर्बसाधारण गाउँ फर्किन अग्रिम टिकट बुकिङदेखि सरसामान व्यवस्थापनमा लागेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।
जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणा र दश लाख राहत दिने निर्णय
आइतबार, भदौ २९, २०८२
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । मृतकको प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि सरकारले गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
सरकारी तथ्यांक : जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु
आइतबार, भदौ २९, २०८२
काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा ७२ जनाको मृत्यु भएको तथ्यांक सार्बजनिक गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।


