दोलखामा शिक्षक मृत भेटिए
शुक्रबार, पुस २६, २०८१

पत्रकार महासंघको योगदान सराहनीय : राष्ट्रपति
मंगलबार, पुस २३, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल पत्रकार महासंघले खेलेको भूमिका सराहनीय भएको बताएका छन् । सामाजिक र आर्थिक रूपान्तरणमा समेत नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले महासंघले पुर्याएको योगदान सराहनीय भएको उनले बताए । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र...

चेम्बर अफ कमर्स दोलखामा नयाँ नेतृत्व
शनिबार, पुस २०, २०८१
चरिकोट । चेम्बर अफ कमर्स दोलखाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चम्बरको तेस्रो अधिबेशन तथा छैठौं साधारण सभाले रुद्रजंग बुढाथोकीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

दोलखाको पत्रकारिताको सवालमा अन्तरक्रिया
शुक्रबार, पुस १९, २०८१
चरिकोट । दोलखाको पत्रकारिताको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला कार्यसमितिको आयोजनामा भएको ‘नागरिकको नजरमा दोलखाको पत्रकारिता’ विषयक कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको सुधारमा वक्ताहरुले जोड दिए ।

व्यावसायमा लगानी गर्दा शिवाकोटीमाथि किन प्रहार ?
बुधबार, पुस १७, २०८१
काठमाडौं । मुलुकमा केबलकार संचालनको एक प्रकारको लहर नै चलेको छ । व्यवसायीहरु केबलकारमा अरबौं लगानी गर्न तयार भैरहेका छन् । आधा दर्जन स्थानमा केबलकार संचालनमा आईसकेका छन् भने अन्य दर्जन स्थानमा सम्भाव्यता अध्ययन लगायत प्रक्रियामा छन् । सुरक्षित लगानी र पर्यटन प्रवद्र्धनको सम्भावनाका कारण केबलकार निर्माण र बिस्तारमा व्यवसायी...

तामाकोशी पाँचौंले माग पुरा नगरेको भन्दै स्थानीय आन्दोलित
बुधबार, पुस १७, २०८१
चरिकोट। तामाकोशी पाँचौं जलविद्युत आयोजनाले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजना समक्ष स्थानीयले बिभिन्न ११ बुँदे माग राखेका थिए। ती माग पूरा गर्न अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै स्थानीयले अडिट टुका सबै काम ठप्प पारेका हुन् ।

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना
मंगलबार, पुस १६, २०८१
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना भएका छन् । २०२३ मा यस्ता घट्नाको संख्या ५८ थियो । यो वर्ष प्रेस स्वतन्त्रता हननका घट्ना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

लामाबगर–बाह्रबिसे २२० केभी प्रसारण लाईन निर्माण हुने
मंगलबार, पुस १६, २०८१
चरिकोट । दोलखाको लामाबगरदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्म २२० केभी क्षमताको प्रसारण लाईन बन्ने भएको छ । जिल्लाको उत्तरी क्षेत्रबाट उत्पादित विद्युतलाई लक्षित गरी यो प्रसारण लाईन निर्माण गर्न लागिएको हो ।

दोलखाका जलविद्युत आयोजनाबारे एमालेले उठायो गम्भीर प्रश्न
आइतबार, पुस १४, २०८१
चरिकोट । माथिल्लो तामाकोशी, तामाकोशी पाचौँ लगायतका जलविद्युत आयोजनाबारे एमालेले गम्भीर प्रश्न उठाएको छ । राष्ट्रिय गौरबको आयोजनालाई भ्रष्टाचार, अनियमितताको दलदलमा डुबाएर धरासायी बनाउने षड्यन्त्र भैरहेको भन्दै एमालेले छानविन गर्न माग गरेको छ । हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेको एमालेको आरोप छ...

दोलखामा ‘एक चिहान’ नाटक प्रदर्शन हुने
शनिबार, पुस १३, २०८१
चरिकोट । बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ दोलखामा प्रदर्शन हुने भएको छ । ओजस थिएटरले आगामी मङ्गलबारदेखि उक्त नाटक प्रदर्शन गर्न लागेको हो । हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई केन्द्रित गरी नाटक प्रदर्शन गर्न लागिएको हो ।

पत्रकार महासंघको नवनिर्वाचित कमिटीले ग¥यो चार निर्णय
मंगलबार, पुस ९, २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार गोपाल दाहालमाथि धम्की आएको विषयमा स्थलगत अध्ययन गर्ने भएको छ । स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न महासंघले एक टोली खटाउने निर्णय गरेको छ।

तीन महिनापछि माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुचारु
मंगलबार, पुस ९, २०८१
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको हो ।

प्रधान-सम्पादक थामी पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
मंगलबार, पुस २, २०८१
काठमाडौं । साझाबोली डटकमका प्रधान सम्पादक लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले तेस्रो लोकप्रिय ४३७३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बख्तियार अलिले २११६ मत प्राप्त गरे । उनीहरुबीच २२५७ को मतान्तर छ ।