Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
१८ वर्षदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार
१८ वर्षदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार काठमाडौं । झण्डै दुई दशकदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । यही मंसिर २८ गते हुने निर्वाचनमा उनले अल्पसंख्यक क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । उनलाई देशभरका सबै शाखा तथा प्रतिष्ठानका सदस्यले मतदान गर्न पाउँछन् ।
पत्रकार महासंघको निर्वाचनमा चौतारी र युनियनको संयुक्त प्यानल 
पत्रकार महासंघको निर्वाचनमा चौतारी र युनियनको संयुक्त प्यानल  काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल चुनाव लड्ने भएका छन् । कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेर संयुक्त उम्मेदवारी दिएका हुन् ।  
उपनिर्वाचन : कांग्रेसलाई धक्का, एमालेको सुधार, माओवादी उत्साही 
उपनिर्वाचन : कांग्रेसलाई धक्का, एमालेको सुधार, माओवादी उत्साही  काठमाडौँ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार कांग्रेसले धक्का बेहोर्नु परेको छ । निर्वाचनमा एमालेले केही सुधार गरेको छ भने माओवादी केन्द्र उत्साही देखिएको छ ।
गौरीशंकरमा माओवादी उम्मेदवारलाई पछि पार्दै उमा शेर्पाको अग्रता 
गौरीशंकरमा माओवादी उम्मेदवारलाई पछि पार्दै उमा शेर्पाको अग्रता  चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पदको मतगणनामा एमाले अघि लागेको छ । माओवादी केन्द्रको अग्रता तोड्दै एमालेकी उम्मेदवार उर्मा शेर्पाले अग्रता लिएकी हुन् । वडा नम्बर ५ र ६ को मतगणना गर्दा उमाले १९६९ मत ल्याएकी छन् ।
गौरीशंकरमा एमाले र माओवादी उम्मेदवारबीच ३६७ को मतान्तर 
गौरीशंकरमा एमाले र माओवादी उम्मेदवारबीच ३६७ को मतान्तर  चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । चार वटा वडाको मतगणना सक्दा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पाले १३८० मत पाएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमा शेर्पाले १०१३ मत ल्याएकी छन् । उनीहरुबीच ३६७ मतको मतान्तर देखिएको छ ।
गौरीशंकरमा माओवादी केन्द्रलाई सुरुवाती अग्रता
गौरीशंकरमा माओवादी केन्द्रलाई सुरुवाती अग्रता चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पाले ८०९ मतका साथ अग्रता लिएकी हुन् ।
गौरीशंकर गाउँपालिकाको मतगणना सुरु हुँदै
गौरीशंकर गाउँपालिकाको मतगणना सुरु हुँदै चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा सम्पन्न उपनिर्वाचनको मतगणना सुरु हुँदैछ । सर्बदलिय बैठकपछि अहिले विहान मतगणना सुरु गर्न लागिएको हो ।  
दोलखाको गौरीशंकरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ४८ प्रतिशत मत खस्यो
दोलखाको गौरीशंकरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ४८ प्रतिशत मत खस्यो चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपाध्यक्ष पदका लागि विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार ७५८९ अर्थात ४८.२८ प्रतिशत मतदान भएको छ । 
तामाकोशी नदीमा १६ वर्षिय किशोर बेपत्ता
तामाकोशी नदीमा १६ वर्षिय किशोर बेपत्ता दोलखा । दोलखामा एक किशोर तामाकोशी नदीमा वेपत्ता भएका छन् । ललितपुरको पाटन घर भई भीक्षु पढ्न दोलखा आएका १६ वर्षीय उन्नत शाक्य बेपत्ता भएका हुन् ।
‘उमा शेर्पा बिरुद्धका समाचार अपुष्ट र भ्रामक’
‘उमा शेर्पा बिरुद्धका समाचार अपुष्ट र भ्रामक’ काठमाडौं । प्रेस काउन्सिल नेपालले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पा बिरुद्धको समाचार तत्काल हटाउन निर्देशन दिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कवाडी चोरी घट्नासँग शेर्पालाई जोडेर केही अनलाईनमा आएको समाचार अपुष्ट र भ्रामक भएको भन्दै काउन्सिलले यस्तो निर्देशन दिएको हो ।
Weather Update