
कालिञ्चोकमा निर्वाचन प्रभावित पार्ने गठबन्धन उम्मेदवारको प्रयास, मतदाता परिचयपत्र र नागरिकता संकलन गरेको खुलासा
सोमबार, वैशाख २६, २०७९
चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले निर्वाचन प्रभावित बनाउन मतदाताको परिचय पत्र र नागरिकता संकलन गर्न थालेका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा लाईनमा बस्न नपर्ने र सिधै भोट हाल्ने व्यवस्था मिलाउने आसवासन दिँदै उनीहरुले मतदाता परिचय पत्र र नागरिकता संकलन गरेका हुन् ।

बुथ कब्जा गर्न दोलखाको झुले प्रवेश गरेका युवाहरु प्रहरीको नियन्त्रणमा
सोमबार, वैशाख २६, २०७९
चरिकोट - निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको पाईएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

दोलखामा गठबन्धनका कार्यकर्ताले सुरु गरे निर्वाचन अशान्त बनाउने प्रयास
आइतबार, वैशाख २५, २०७९
चरिकोट - दोलखामा सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनलाई अशान्त बनाउने प्रयास सुरु गरेको छ । जिल्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपुर्ण हुनेमा चिन्ता व्यक्त भैरहेका बेला गठबन्धनका कार्यकर्ताहरुले शनिवार एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गरेका छन् ।

गठबन्धनले जनतालाई भ्रममा पारेर चुनाव जित्ने सपना नदेखे हुन्छ : पूर्वमन्त्री गुरुङ
आइतबार, वैशाख २५, २०७९
चरिकोट - नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले जनतालाई भ्रममा पारेर चुनाव जित्ने दिन सकिएको बताएका छन् । अहिलेको निर्वाचनमा पनि जनतालाई झुठा आसवासन र भ्रममा पारेर निर्वाचन जित्ने सपना सत्तारुढ गठबन्धनले देखिरहेको भन्दै उनले त्यो दिवासपना मात्र हुने बताए ।

गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउँछु, प्रत्येक नागरिकको न्युनतम वार्षिक आम्दानी ४/५ लाख पुर्याउँछु’
शुक्रबार, वैशाख २३, २०७९
चरिकोट - दोलखा गौरीशंकर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंग गुरुङले गौरीशंकर गाउँपालिकाका प्रत्येक नागरिकको न्यूनतम आम्दानी ५ देखि ६ लाख पुर्याउने योजना बनाउने बताउनुभएको छ । भौतिक पुर्वाधार विकासको अधिकांस काम एमालेबाट निर्वाचित जनप्रतिनिधिले पहिलो कार्यकालमै पुरा गरिसकेका कारण अब जनताको जिविकोपार्जन सुधारमा केन्द्रीत भएर अघि बढ्ने उहाँले बताउनुभयो ।...

माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश
सोमबार, वैशाख १९, २०७९
काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभयो ।

‘सम्पूर्ण जीवन राजनीतिमा बित्यो, अन्तिम पटक अध्यक्ष भएर शैलुङबासीको सेवा गर्ने मन छ’
सोमबार, वैशाख १९, २०७९
चरिकोट - दोलखाको शैलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर तामाङले जीवनमा आफुले जनप्रतिनिधिको रुपमा अन्तिम पटक जनताको सेवा गर्न चाहेको बताउनुभएको छ । आफ्नो सम्पुर्ण जीवन राजनीति र समाजसेवामा समर्पित रहेको भन्दै उहाँले शैलुङ गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने आफ्नो लागि अन्तिम मौका रहेको बताउनुभयो ।

निर्वाचन नजिकिँदै गर्दा दोलखामा माओवादी केन्द्र र कांग्रेस परित्याग गर्दै एमाले प्रवेशको लहर
शनिबार, वैशाख १७, २०७९
चरिकोट – दोलखामा सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रम बढेको छ । भागवण्डा नमिलेर गठबन्धननै तहसनहस बनिरहेका बेला नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । माओवादी, कांग्रेस र एकिकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको संख्या उल्लेख्य छ ।

हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय
बुधबार, वैशाख १४, २०७९
काठमाण्डौ - सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो ।

दोलखामा एमालेले जिरीबाट खाता खोल्यो, वडा सदस्यका उम्मेदवार निर्बिरोध
मंगलबार, वैशाख १३, २०७९
चरिकोट – दोलखाको जिरी नगरपालिमा एक दलित महिला सदस्य निर्धिरोध हुनुभएको छ । जिरी नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी देबीमाया नेपाली निर्बिरोध हुनुभएको हो ।

‘बुथ कब्जा हुने कुराले बैतेश्वरबासीको शिर निहुरिएको छ, त्यसको अन्त्य गर्दै चुनाव जित्छु’
मंगलबार, वैशाख १३, २०७९
चरिकोट – दोलखाको वैतेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार माधव घिमिरेले मतदाताले भोट हाल्न नपाउने बैतेश्वरको नकारात्मक विरासत अन्त्य गर्दै यो निर्वाचनमा आफु बिजयी हुने दाबी गरेका छन् । वैतेश्वरमा मतदाताको मताधिकार कुण्ठित गर्दै बुथ कब्जा गरेर निर्वाचन जित्ने दुष्प्रयास कसैले गरे जनताले त्यसको शसक्त प्रतिवाद गर्ने उनले बताए ।

दोलखाको बैतेश्वरमा तोडियो गठबन्धन, छुट्टाछुट्टै मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट भागबण्डाका विषयमा सहमति हुन नसकेपछि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् ।