वाग्मती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ)
मंगलबार, असार १, २०७८

डिएचओ दोलखाको तथ्यांक : संक्रमणदर ह्वात्तै घट्यो, निको हुने बढे
आइतबार, जेठ ३०, २०७८
चरिकोट - दोलखामा कोरोना संक्रमणदर ह्वात्तै घट्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अपडेट गरिरहेको दैनिक तथ्यांक विवरण अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ७७ मा झरेको छ । जसमध्ये ६ सय ५२ जना होम आईसोलेसन र २५ जना अस्पतालमा छन् ।

चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल′ नामाकरण गरिने
शनिबार, जेठ २९, २०७८
हेटौंडा - दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालको नाम जिल्लाका स्वर्गीय नेता पशुपति चौलागाईको नाममा नामाकरण गर्न प्रस्ताव गरिएको छ । वाग्मती प्रदेश सरकारले नेता चौलागाईको सम्मानमा चरिकोट अस्पतालको नयाँ नामाकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।

सांसद वैद्यको अभिव्यक्ति विपक्षीको षड्यन्त्र अनुसार आएको हो, निलम्वन गरी पक्राउ गरियोस्
शनिबार, जेठ २९, २०७८
काठमाण्डौं - नेकपा एमाले नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले कांग्रेस सांसद नरोत्तम वैद्यको अभिव्यक्ति बिपक्षी गठबन्धनको षड्यन्त्र अनुसार अनुसार आएको दाबी गरेका छन् ।

एमालेलाई जेठ ३ अघि फर्काउन अध्यक्ष ओली तयार
सोमबार, जेठ २४, २०७८
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले सबैलाई पार्टी एकतामा आउन आह्वान समेत गरेका छन् ।

निष्कलंक र अब्बल मन्त्रीको पहिचान बनाएर बिदा भए गुरुङ
शनिबार, जेठ २२, २०७८
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रवार मन्त्रिमण्डल पुर्नगठन हुँदा चार जना बाहेक अन्य सबै मन्त्रीहरुलाई बिदाई गरियो । पुराना मन्त्रीहरुको बिदाई र नयाँ मन्त्रीहरुको नियुक्ती स्वभााविक प्रक्रिया होला । तर बिदा हुँदै गर्दा मन्त्रीहरुले आफ्नो कार्यकाल कसरी बिताए र सम्झना लायक काम के गरे भन्ने कुरा महत्वपुर्ण र आम...

कालिञ्चोक गाउँपालिकाका कोरोना संक्रमित बृद्धको मृत्यु
बिहीबार, जेठ २०, २०७८
चरिकोट - दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकाका एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का ७१ वर्षिय बृद्धको बिहिवार उपचारका क्रममा मृत्यु भएको हो ।

माधव नेपाल समुहका भातृ संस्थाद्धारा नयाँ पार्टी खोल्ने चेतावनी
बिहीबार, जेठ २०, २०७८
काठमाडौं - नेकपा एमालेबाट अलग हुन लागेको माधव नेपाल समुहले निर्माण गरेको भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

सीपीसीसंग नेता पोखरेलको प्रस्ताव: दुई पार्टीबीचको सम्बन्ध प्रदेशस्तरमा विस्तार गरौं
बिहीबार, जेठ २०, २०७८
काठमाडौं - नेकपा एमाले वाग्मति प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी र आफ्नो पार्टी बीच तल्लो तहसम्म सम्बन्ध स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

माथिल्लो तामाकोशी आयोजनाको ‘वेट टेस्ट’ सफल
बुधबार, जेठ १९, २०७८
चरिकोट - राष्टिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सफल भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ सुरु गरेको हो । सोमबारबाट वेट टेस्टको नतिजा सकारात्मक आएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक परीक्षण गरिनेछ ।

पूर्वमन्त्री पोखरेलले गृहजिल्लालाई उपलव्ध गराए ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री
मंगलबार, जेठ १८, २०७८
चरिकोट - नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलको पहलमा दोलखा जिल्लाका लागि ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा
आइतबार, जेठ ९, २०७८
काठमाडौं - संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदैछन् । नेताहरुका अनुसार आज तयारी सकेर भोली सर्वोच्च जाने तयारी छ । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन भनेका छन् ।

दोलखामा अक्सिजन प्लान्ट : मन्त्री गुरुङको पहलमा दुई करोड ३५ लाख वजेट विनियोजन
शुक्रबार, जेठ ७, २०७८
काठमाडौं - संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको पहलमा दोलखाको दुई अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ठुलो रकम विनियोजन भएको छ ।