Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैतेश्वर गाउँपालिकाको बजेट ४७ करोड ९१ लाख
बैतेश्वर गाउँपालिकाको बजेट ४७ करोड ९१ लाख मैनापोखरी - दोलखाको वैतेश्वर गाउँपालिकाको नवौ गाउँसभामा ४७ करोड ९१ लाख २८ हजार ७ सय १ रुपैयाँ बरावरको बजेट पेश भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यले आगामी आव २०७८र७९ का लागि ४४ बुँदे निति तथा कार्यक्रम...
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय चरिकोट - अविरल वर्षासँगै चीन र दोलखाको सिमा क्षेत्र स्थित थुनिएको रोङ्सीखोला खुलाउन चिनियाँ टोली खटिएको छ । नेपालतर्फ क्षति हुन नदिन चीनले नदी खुलाउन सक्रियता देखाएको हो ।
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण चरिकोट – वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले दोलखा जिल्लाका लागि १ करोड बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । मन्त्रालयले भेन्टिलेटर, मोबाईल एक्सरे मेसिन, अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग लगायतका स्वास्थ्य समाग्री उपलव्ध गराएको हो ।
बाढीको जोखिमपछि तामकोशीको बाँध खोलियो
बाढीको जोखिमपछि तामकोशीको बाँध खोलियो चरिकोट - दोलखा स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गरिँदैछ । तामाकोसीसँग जोडिएको चीनतर्फको खोला पहिरोले थुलिएपछि तटिय क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै जलाशय खाली गरिएको हो ।
दोलखा र चीनको सिमा क्षेत्रमा अत्याधिक वर्षा र पहिरो, बाढी आउनसक्ने खतरा
दोलखा र चीनको सिमा क्षेत्रमा अत्याधिक वर्षा र पहिरो, बाढी आउनसक्ने खतरा चरिकोट - दोलखा जिल्लासँग सिमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा भारी बर्षापछि नदीको वहाव बढ्न गई खतरा उत्पन्न हुनसक्ने चेतावनी दिईएको छ । तिब्बततर्फ ठुलो वर्षासँगै पहिरो गएर नदी थुनिएको सूचना आएपछि यस्तो चेतावनी दिईएको हो ।
कांग्रेसमा क्रियाशील सदस्यता बढाउने होड, १०  लाख नाघ्ने अनुमान !
कांग्रेसमा क्रियाशील सदस्यता बढाउने होड, १० लाख नाघ्ने अनुमान ! काठमाडौं - आसन्न महाधिवेशनको तयारी स्वरुप नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन सुरु गरेको छ । भदौमै १४ औं महाधिवेशन गर्ने कांग्रेसको तयारी छ। त्यसका लागि कांग्रेसले निश्श्चित मापदण्ड बनाएर क्रियाशील सदस्यता छानबिन गर्न लागेको हो । केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विस्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विस्वासको मत पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । पोखरेल एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनको समर्थनमा जेठ २९ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशप्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।
वाग्मती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ)
वाग्मती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ) हेटौंडा - वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट बक्तव्य सार्वजानिक गरेका हुुन् ।
डिएचओ दोलखाको तथ्यांक : संक्रमणदर ह्वात्तै घट्यो, निको हुने बढे
डिएचओ दोलखाको तथ्यांक : संक्रमणदर ह्वात्तै घट्यो, निको हुने बढे चरिकोट - दोलखामा कोरोना संक्रमणदर ह्वात्तै घट्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अपडेट गरिरहेको दैनिक तथ्यांक विवरण अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ७७ मा झरेको छ । जसमध्ये ६ सय ५२ जना होम आईसोलेसन र २५ जना अस्पतालमा छन् ।
चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल′ नामाकरण गरिने
चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल′ नामाकरण गरिने हेटौंडा - दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालको नाम जिल्लाका स्वर्गीय नेता पशुपति चौलागाईको नाममा नामाकरण गर्न प्रस्ताव गरिएको छ । वाग्मती प्रदेश सरकारले नेता चौलागाईको सम्मानमा चरिकोट अस्पतालको नयाँ नामाकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।
सांसद वैद्यको अभिव्यक्ति विपक्षीको षड्यन्त्र अनुसार आएको हो, निलम्वन गरी पक्राउ गरियोस्
सांसद वैद्यको अभिव्यक्ति विपक्षीको षड्यन्त्र अनुसार आएको हो, निलम्वन गरी पक्राउ गरियोस् काठमाण्डौं - नेकपा एमाले नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले कांग्रेस सांसद नरोत्तम वैद्यको अभिव्यक्ति बिपक्षी गठबन्धनको षड्यन्त्र अनुसार अनुसार आएको दाबी गरेका छन् ।
एमालेलाई जेठ ३ अघि फर्काउन अध्यक्ष ओली तयार
एमालेलाई जेठ ३ अघि फर्काउन अध्यक्ष ओली तयार काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले सबैलाई पार्टी एकतामा आउन आह्वान समेत गरेका छन् ।
Weather Update