एकैपटक १० जना मृगौला पिडितहरुलाई आर्थिक सहयोग
शनिबार, असार २७, २०७७

सिन्धुपाल्चोकमा भिषण बाढी : १८ जना बेपत्ता, दुईको मृत्यु
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा फेरी बाढीपहिरो यो वर्षपनि ठुलो क्षति पुर्याएको छ । बुधबार राति बाढीले एक दर्जन बढि घर बगाउँदा कम्तिमा १९ जना बेपत्ता भएका छन् । दुई जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठुलो मानविय र धनजनको क्षति पुर्याएको...

दोलखाका दुई जनामा फेरी देखियो कोरोना संक्रमण
सोमबार, असार २२, २०७७
दोलखा - दोलखाका दुई जनामा फेरी २ जनामा कोरोना संक्रमण देखिएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिकाका २९ वर्षिय पुरूष र भिमेश्वर नगरपालिकाका ३१ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।

मास्क नलगाउने र सामाजिक दुरी पालना नगर्नेलाई पक्राउ गर्न निर्देशन
सोमबार, असार २२, २०७७
काठमाण्डौं - मास्क नलगाई बाहिर निस्किने व्यक्तिलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले सामाजिक दुरी कायन नगर्ने र मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो
शनिबार, असार २०, २०७७
काठमाडौं - विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको एक तथ्यांकले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

गाउँपालिकामा सुशासन स्थापित गर्ने अभ्यास
बिहीबार, असार १८, २०७७
शैलुङ भैसे - आर्थिक वर्षको अन्त्य हुँनै लाग्दा शैलुङ गाउँपालिकाका सर्बसाधरण नागरिक र जनप्रतिनिधिहरुबीच असार १६ गते मंगलवार खुल्ला अन्तरक्रिया भयो । गाउँपालिकाले आर्थिक वर्षभरी प्रवाह गरेका सेवा सुविधा र संचालन गरेका योजना कार्यक्रमबारे नागरिकले खुलेर गुनासो र प्रश्न गर्ने मौका पाए भने जनप्रतिनिधिले त्यसको जवाफ दिए ।

दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, असार १८, २०७७
चरिकोट – दोलखामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिंगमा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिए ।

दोलखाका दुई कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ
बुधबार, असार १७, २०७७
चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकामा दुई जना कोरोना संक्रमतिहरुको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नगेटिभ आएको छ ।
गौरीशंकर गाउँपालिका स्थित हलेशवर मावि क्वारेन्टाईनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका ३५ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।

तीन हजार १ सय ३४ कोरोना संक्रमित निको भएर घर फर्किए
सोमबार, असार १५, २०७७
काठमाडौँ — नेपालमा थप १ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो
शनिबार, असार १३, २०७७
काठमाडौँ — भारतमा ५ लाख भन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण...

सलह कीरा नेपालमा पनि भित्रियो
शनिबार, असार १३, २०७७
काठमाडौं - नेपालमा सलह किरा भित्रिएको अधिकारीहरुले बताएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पर्सा, बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको हो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसिले बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको जानकारी दिए ।