दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टी
बिहीबार, साउन १५, २०७७
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा बेपत्ता ५ जनाको शव भेटियो
बुधबार, साउन १४, २०७७
चौतारा — सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्ता ५ जनाको शव फेला परेको छ । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनाको शव फेला परेको हो ।
मोटरसाईकल दुर्घट्नामा शिक्षकसहित दुई जना घाईते
मंगलबार, साउन १३, २०७७
चरिकोट —दोलखा भिमेश्वर नगरपालिकामा मोटरसाईकल दुर्घट्ना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षिय ईन्द्र बहादुर बस्नेत र भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पाक्षमावतीका बृहस्पती थामी रहेका छन् ।
सिंगटीमा माथिबाट खसेको ढुंगा लागेर वडा सदस्य श्रीमतीको मृत्यु
मंगलबार, साउन १३, २०७७
चरिकोट - दोलखाको उत्तरी सिंगटी बजारमा घर माथिबाट आएको ढुंगा लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका २ बावरे घर भई हाल विगु गाउँपालिका वडा नम्वर ४ सिंगटी बस्दै आएकी ३५ वर्षिय रेणु थामी रहेकी छिन् ।
चेपाङ बस्तीमा भएको घट्नाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग
आइतबार, साउन ११, २०७७
काठमाडौं - चितवन स्थित चेपाङ बस्तीमा भएको घट्नाको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति महासंघले बिरोधका कार्यक्रम सुरु गरेको छ । चेपाङ युवाको हत्या, आगजनीको निष्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले आईतवार राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
दोलखामा २०६९ जनामा आरडीटी र पीसीआर परीक्षण, १७ जनामा पोजेटिभ
आइतबार, साउन ११, २०७७
चरिकोट — दोलखामा कोरोना भाईरस् (कोभिड १९) को परीक्षणका क्रममा १७ जनामा आरडिटी र पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा जम्मा २ हजार ६९ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने
आइतबार, साउन ११, २०७७
काठमाडौं - सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट भएको उक्त फैसला पुनरावलोकन गर्ने नयाँ आदेश दिएको हो ।
पहिरोमा स्काभेटर पुरिँदा दुई चालक वेपत्ता
आइतबार, साउन ११, २०७७
बागलुङ - जिल्लाको बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
आइतबार, साउन ११, २०७७
काठमाडौं - सोमबार (भोली) देखि पुनः मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन सक्रिय हुँदा लगातार तीन–चार दिनसम्म धेरैजसो स्थानमा वर्षा हुने सम्भावना हुन्छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पुर्वानुमान छ ।
बाढीपहिरोबाट ज्यान गुमाउने परिवारलाई २ लाख, घरबार गुमाएकालाई भूकम्पपीडित सरहको अनुदान
बुधबार, साउन ७, २०७७
काठमाडौँ — बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारले २ लाख रुपैयाँ राहत पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई २ लाख राहात उपलव्ध गराउने निर्णय गरेको हो ।
हेमा मानन्धर र अशोक कुमार श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
बुधबार, साउन ७, २०७७
काठमाडौं– दोलखाली चेली समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठले वल्र्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ को सम्मान पाएका छन् । लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारको उद्धार र राहातमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई वल्र्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार २०२० बाट सम्मान...
नेपालमा लकडाउन अन्त्य भएको सरकारको घोषणा
मंगलबार, साउन ६, २०७७
काठमाण्डौं - सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारले झण्डै ४ महिनापछि लकडाउन खोल्ने निर्णय गरेको हो । मंगलवार राती १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
विपद व्यवस्थापनका लागि दोलखाका ७४ वडामा हेलिप्याड
मंगलबार, साउन ६, २०७७
चरिकोट — विपत उद्धार तथा राहत व्यवस्थापनका लागि दोलखाका स्थानीय तहका सबै वडाहरुमा हेलिप्याड निर्माण गरिने भएको छ । जिल्ला जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले दुई नगरपालिका र ७ गाउँपालिकाका ७४ वटै वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको हो ।




