Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आचारसंहिता उल्लंघन मा रास्वपाले माफी माग्यो
आचारसंहिता उल्लंघन मा रास्वपाले माफी माग्यो चितवन । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो । नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी...
गठबन्धनको चुनावी प्रचारमा राज्यशक्तिको दुरुपयोग
गठबन्धनको चुनावी प्रचारमा राज्यशक्तिको दुरुपयोग काठमाडौं । यही वैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको राज्यशक्तिको दुरुपयोग गरेको पाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपनिर्वाचन हुने चितवन, तनहुँ र वाराका तीनवटै निर्वाचन क्षेत्र पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय छन् ।
प्रमुख दलका शिर्ष नेताबीच प्रधानन्यायधिस नियुक्ति गर्ने समझदारी
प्रमुख दलका शिर्ष नेताबीच प्रधानन्यायधिस नियुक्ति गर्ने समझदारी काठमाडौँ । प्रमुख दलका शिर्ष नेताहरुबीच प्रधानन्यायधिस नियुक्ति प्रक्रिया अघि बढाउने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस्तो समझदारी भएको हो । संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको नेताहरुले...
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद आठौं पटक बिस्तार
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद आठौं पटक बिस्तार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आईतवार नयाँ मन्त्रीहरुलाई शपथ खाएपछि मन्त्रिपरिषद आठौं पटक बिस्तार हुनेछ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ ।
रास्वपाका सांसद श्रेष्ठ दुई करोड घुस प्रकरणमा मुछिए
रास्वपाका सांसद श्रेष्ठ दुई करोड घुस प्रकरणमा मुछिए काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न घुस मागेको अडियो सार्बजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले घुस मागेको अडियो टेप सार्बजनिक भएको हो । अडियो टेपमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग उक्त घुस मागेको...
कर्मचारीलाई तलबभत्ता दिनपनि ऋण लिनुपर्ने बाध्यता
कर्मचारीलाई तलबभत्ता दिनपनि ऋण लिनुपर्ने बाध्यता सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । कर्मचारीलाई तलबभत्ता खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको उनले बताए । त्यसका लागि आवश्यक नीति, कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
सत्तारुढ गठबन्धनद्धारा न्यूनतम साझा कार्यक्रम सार्बजनिक (पूर्णपाठ)
सत्तारुढ गठबन्धनद्धारा न्यूनतम साझा कार्यक्रम सार्बजनिक (पूर्णपाठ) काठमाडौँ । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छन् । सरकार सञ्चालनका लागि बनेको कांग्रेस–माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । 
कोशी नामकरण : समर्थन जनाएपछि माओवादीद्धारा गल्ती स्वीकार
कोशी नामकरण : समर्थन जनाएपछि माओवादीद्धारा गल्ती स्वीकार काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणमा गल्ती भएको जनाएको छ । उक्त नामाकरणमा गल्ती भएको स्वीकार गर्दै माओवादीले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । 
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल मैदानमा
उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल मैदानमा काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेललाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो । तीन निर्वाचन क्षेत्रमा २०८० वैशाख १० मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । 
तीन महिनामा सातौं पटक मन्त्रिपरिषद हेरफेर
तीन महिनामा सातौं पटक मन्त्रिपरिषद हेरफेर काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर हुन लागेको हो । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
Weather Update