वाग्मती प्रदेश सरकारले गर्यो मन्त्रालय विभाजन
बुधबार, भदौ ६, २०८०

माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी
आइतबार, साउन २८, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । मन्त्रिपरिषद आजै हेरफेर हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ती जनाएको छ । उक्त सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको जसपाको ठहर छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस सांसदहरु भन्छन् : प्रतिशोध साँध्न सांसद शर्मालाई पक्राउ गरियो
शुक्रबार, साउन २६, २०८०
काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउप्रति सांसदहरुले आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।

वालसेना प्रयोग नगरेको प्रचण्डको स्पष्टिकरण
मंगलबार, साउन ९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धमा बालसेनाको प्रयोग नगरेको स्पष्टिकरण दिएका छन् । सशस्त्र युद्धमा बालसेनाको प्रयोग भएको दाबी सहित सर्वोच्च अदालतमा पेश भएको एक रिट निवेदनमाथि प्रचण्डले यस्तो जवाफ दिएका हुन् । द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियामा सबैजसो दस्तावेजमा बालसेनाको उल्लेख नभएको...

कांग्रेस दोलखाका पुर्व क्षेत्रिय सचिव चौलागाईसहितको समुह एमाले प्रवेश
शुक्रबार, साउन ५, २०८०
चरिकोट । नेपाली कांग्रेस दोलखा निर्वाचन २ नम्बर क्षेत्रिय पुर्व सचिवसहितको समुह नेकपा एमाले प्रवेश गरेको छ । पुर्व क्षेत्रिय सचिव तिलकराज चौलागाईं ‘विष्णु’ को नेतृत्वमा कांग्रेस नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । गठबन्धनको नाममा पार्टीको अस्तित्व समाप्त हुँदै गएको भन्दै उनीहरु असन्तुष्ट थिए ।

सर्वोच्चको आदेशपछि कोशी सरकारको हैसियत कामचलाउ
बिहीबार, असार २८, २०८०
काठमाण्डौं । सर्वोच्च अदालतको आदेशपछि वाग्मती प्रदेश सरकार कामचलाउ बनेको छ । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको हो । सभामुख बाबुराम गौतमको समर्थन समेत लिएर २१ असारमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले गल्ती स्वीकार्ने सहमति, संसद खोल्न एमाले तयार
सोमबार, असार २५, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने वचन दिएपछि एमाले संसदको जारी अबरोध खोल्न तयार भएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुल्ने भएको हो ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान
शुक्रबार, असार २२, २०८०
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद संचालनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान राखेको हो ।

‘वर्तमान सरकार असफल भए पार्टी सिद्धिन्छ’
शनिबार, असार २, २०८०
चरिकोट । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार कुनैपनि हालतमा सफल बनाउनुपर्ने बताएका छन् । बर्तमान सरकार असफल भए माओवादी केन्द्र नै सिद्धिने दिशातिर जाने उनले बताए । दोलखा सदरमुकाम चरिकोटमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा
बुधबार, जेठ १७, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा निस्किएका छन् । यो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणका रुपमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
शुक्रबार, वैशाख २२, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रास्वपाले सरकारमा नजाने र सरकारलाई पनि दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

उपनिर्वाचनमा ठुला दलहरुप्रति मतदातामा किन देखियो बिकर्षण ?
बुधबार, वैशाख १३, २०८०
काठमाडौँ । यही बैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ठुला राजनीतिक दलहरुप्रति मतदातामा बिकर्षण देखिएको छ । लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका दलप्रति मतदाताको आकर्षण देखिएको हो ।