सत्तारुढ गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा
बुधबार, चैत १५, २०७९

नेकपा एसका बरिष्ठ नेताहरु एमाले फर्किने तयारीमा
बुधबार, चैत १५, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरूले नेकपा एमालेमै फर्किने तयारी गरेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन छलफलमा छन् । एमालेमा फर्किने तयारी गरेका मुकुन्द न्यौपाने पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा छन् उनले...

मन्त्रिपरिषद अझै बिस्तार हुन सकेन, भागबण्डा मिलाउन सकस
शनिबार, चैत ११, २०७९
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र शक्ति बाँडफाँडको भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन । दश दलीय गठबन्धनमा साना दलले धेरै मन्त्रालयमा दाबी गरेपछिमा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेपनि साना दलले अडान छाडेका छैनन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
शुक्रबार, चैत १०, २०७९
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएका छन् । ११० सदस्यीय प्रदेशसभा रहेकोमा ६७ सांसदले मुख्यमन्त्री जमकट्टेलको पक्षमा विश्वासको मत दिए । विश्वासको मतको विपक्षमा १७ मत मात्रै परेको छ । ७ जना सांसद तटस्थ बसेका छन् ।

संसदीय समिति नबनाई संसद अधिवेशन सकिँदै
बिहीबार, चैत ९, २०७९
काठमाण्डौं । संसद्को चालु अधिवेशन सकिने दिन धेरै छैन । तर मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन लगायतका काम भने अझै अधुरो छ । संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली समेत पास गरेको छैन । नियमावली पास नहुँदा संसदीय समिति गठनको प्रक्रिया रोकिएको हो ।

उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु
बुधबार, चैत ८, २०७९
काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यसका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको जनाएको छ ।

प्रधानमन्त्रीले दोस्रो पटक लिए विश्वासको मत
सोमबार, चैत ६, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत लिएका छन् । प्रधानमन्त्री दाहालले तीन महिनाको अबधीमा दोस्रो पटक विश्वासको मत लिनु परेको हो । उनी चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीले फेरी भने : राष्ट्रिय सहमतिको विकल्प छैन
सोमबार, चैत ६, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको कुरा दोहोर्याएका छन् । संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको उनले बताए । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरु विभाजित हुन र एमाले र राप्रपालाई विश्वासको मत दिएर राष्ट्रिय एकतामा सहभागी हुन आग्रह समेत गरे ।

रामसहायप्रसाद यादव बने उपराष्ट्रपति
शुक्रबार, चैत ३, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यादव शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार...

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने
बिहीबार, चैत २, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने व्यवस्था मिलाईदिन संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले यही चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएको जानकारी दिए ।

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन
बुधबार, चैत १, २०७९
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै बसेको १० दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक भोलि ९बिहीबार० बस्ने गरी टुंगिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विश्वासको मत लिएर मन्त्रिपरिषद बिस्तारको तयारी
बुधबार, चैत १, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल विश्वासको मत लिने तयारीमा छन् । एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएका थिए ।

राष्ट्रपति पौडेल सोमवारदेखि शितलनिवासमा
सोमबार, फागुन २९, २०७९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि राष्ट्रपति भवन शितलनिवास सर्ने भएका छन् । पौडेल बोहोराटारस्थित निजी निवासमा बस्दै आएका थिए । दिउँसो १ बजे शपथ ग्रहण गरेपछि पौडेल शीतलनिवासमै रहनेछन् । राष्ट्रपति कार्यालयका अनुसार निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।