सत्तारुढ संयन्त्रको बैठक बस्ने, राष्ट्रपतिको उम्मेदवार एजेण्डा
बुधबार, माघ २५, २०७९

राष्ट्रपतिको विषयले सत्ता साझेदार दलबीच खटपट
मंगलबार, माघ १७, २०७९
काठमाडौं । राष्ट्रपतिको विषयले सत्तासाझेदार दलहरुबीच खटपट सुरु भएको छ । सत्ता गठबन्धन बनेको एक महिनामै सत्तारुढ घटक दलबीच असमझदारी बढ्न थालेको हो । पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपनि कार्यान्वयनमा समस्या देखिन थालेपछि खटपट देखिन थालेको हो ।

दोलखाका सांसदले संघ र प्रदेशको क्याबिनेटमा पाएनन् मन्त्री बन्ने अबसर
बिहीबार, माघ १२, २०७९
चरिकोट । दोलखाले यो पटकको संघ र प्रदेशको मन्त्रिपरिषदमा प्रतिनिधित्व हुने अबसर गुमाएको छ । सत्ता साझेदार दलले संघ र प्रदेशको दुबै मन्त्रिपरिषदमा दोलखाबाट निर्बाचित सांसदहरुलाई मन्त्रिपरिषदमा प्रतिनिधित्वको अबसर नदिएका हुन् ।

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संघीयता बिरोधी अभिव्यक्ति नदिनु
मंगलबार, माघ १०, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । त्यस्तो अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने चेतावनी पनि प्रधानमन्त्री प्रचण्डले दिए । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संविधानको मर्मअनुसार चल्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
सोमबार, माघ ९, २०७९
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन समयमै गर्न नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले राष्ट्रपतिको निर्वाचन संविधानबमोजिम समयमै हुनुपर्नेमा जोड दिएको हो । राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गर्ने र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा बैठकमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय
सोमबार, माघ ९, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभयान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी
सोमबार, माघ ९, २०७९
काठमाण्डौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।

उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु
शुक्रबार, माघ ६, २०७९
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुँदैछ । उपसभामुखका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित
बिहीबार, माघ ५, २०७९
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भएका हुन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा...

सत्ता साझेदार दलबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति
सोमबार, माघ २, २०७९
काठमाडौं । राष्ट्रपति र सभामुख सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेलाई दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने सहमति गरेको हो ।