एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताहरुको स्वागत
मंगलबार, मंसिर २६, २०८०

‘समृद्धिका लागि संकल्प यात्रा’ दोलखा आईपुग्दै, जिल्लाको विकासे एजेण्डा उठाउने एमालेको तयारी
आइतबार, मंसिर २४, २०८०
दोलखा । नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ भोली (सोमवार) दोलखा आईपुग्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’सोमवार दोलखा आईपुग्ने छ ।

प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति
शनिबार, असोज २७, २०८०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । सत्ता गठबन्धनलाई कमजोर हुन नदिने दुई दलबीच सहमति भएको हो ।

केदार कार्की बने कोशी प्रदेशको मुख्यमन्त्री
शनिबार, असोज २७, २०८०
काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले वाग्मती प्रदेशको पदाधिकारीका लागि दोलखाका दुई नेता मैदानमा
बिहीबार, असोज ११, २०८०
चरिकोट । नेकपा एमाले वागमती प्रदेश कमिटीको पदाधिकारीका लागि दोलखाका दुई जना नेता चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश उपाध्यक्षका लागि ईश्वरचन्द्र पोखरेल र उपसचिवका लागि डबल पाण्डेले उम्मेदवारी दर्ता गरेर चुनावी प्रधिस्पर्धामा छन् । उपाध्यक्षका दाबेदार पोखरेल एमाले दोलखाका पुर्व अध्यक्ष हुन् ।

एमाले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
बुधबार, असोज १०, २०८०
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुने छ । मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ ।

एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु
मंगलबार, असोज ९, २०८०
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

को बन्ला एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्ष ?
आइतबार, असोज ७, २०८०
काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु हुँदैछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि काठमाडौं आईसकेका छन् ।

सुन तस्करी छानविन आयोगको क्षेत्राधिकारबारे बिवाद
आइतबार, असोज ७, २०८०
काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा दलहरुबीच बिवाद देखिएको छ । प्रमुख तीन राजनीतिक पार्टीका नेताहरुबीच आईतवार भएको छलफलमा आयोगको क्षेत्राधिकारका विषयमा विवाद देखिएको हो ।

अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन निर्देशन
सोमबार, भदौ २५, २०८०
काठमाण्डौं । नेपाल सरकारको तर्फबाट अमेरिका जाने भ्रमण टोलीको संख्या घट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका हुन् ।

एमसीसीबारे समाजवादी मोर्चा भित्र बिवाद
बुधबार, भदौ १३, २०८०
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयले नेपालमा पुन चर्चा पाएको छ । एमसीसी विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद देखिएको छ ।

९ वटा संसदीय समितिको नेतृत्व सर्बसम्मत
आइतबार, भदौ १०, २०८०
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चयन भएका छन् । प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये ९ वटाको सभापति सर्वसम्मत हुने भएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।

‘कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र अपायक र जोखिमपुर्ण स्थानमा तोकियो’
शुक्रबार, भदौ ८, २०८०
चरिकोट । नेकपा एमालेले कालिञ्चोक गाउँपालिकाको केन्द्र ७५ प्रतिशत जनतालाई अपायक र जोखिमपुर्ण क्षेत्रमा तोकिएको भन्दै बिरोध जनाएको छ । एमाले कालिञ्चोक गाउँपालिका कमिटिले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले गरेको निर्णय स्थानीय तहको केन्द्र निर्धारण सम्बन्धी आधार र मापदण्ड बिपरित समेत रहेको जनाएको छ ।