दोलखाबाट काठमाडौं जाँदै गरेको ट्रकको ठक्करबाट मोटरसाईकल चालकको जलेर मृत्यु
शुक्रबार, माघ ४, २०८१

माओवादी सिन्धुपाल्चोकका नेता रक्तचन्दन तस्करीमा मुछिए
शुक्रबार, माघ ४, २०८१
चौतारा । सिन्धुपाल्चोकका माओवादी नेता रक्तचन्दन तस्करीमा मुछिएका छन् । रक्तचन्दन तस्करीको आरोपमा बलेफी गाउँपालिका ८ का ज्ञानबहादुर तिमल्सिना पक्राउ परेका छन् । तिमल्सिनासहित काठमाडौँ १४ का रमेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले चार सय ३१ किलो रक्तचन्दनसहित पक्राउ गरेको हो ।

रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतको ६० लाख धरौटी
बिहीबार, माघ ३, २०८१
काठमाडौँ । सहकारी ठगी लगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी तोकेको छ । उनी गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । लामिछाने अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा...

तातोपानी नाका संचालनमा ल्याउन माथिल्लो तहको पहल आवश्यक छ : प्रचण्ड
मंगलबार, माघ १, २०८१
सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा ल्याउन उच्च स्तरिय पहल आवश्यक रहेको बताएका छन् । नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको उनले बताए ।

दोलखाको लामाबगरमा दुगड समुहको श्रृंखलाबद्ध लापरबाही
आइतबार, पुस २८, २०८१
चरिकोट । दोलखाको लामावगरमा जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड समुहको लापरबाही पटक पटक दोहोरिन थालेको छ । उक्त समुहको स्वामित्व रहेको नासा हाईड्रोपावरले १६० मेगावाटको लप्चीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यमा भएको लापरबाहीका कारण दुर्घट्ना निम्तिने गरेको छ ।

‘समाचार लेखेकै आधारमा पत्रकार बिरुद्ध मुद्धा चलाउनु आपत्तीजनक’
शनिबार, पुस २७, २०८१
काठमाडौं । प्रेस चौतारी नेपालले सञ्चार माध्यममा प्रकाशित सामग्री लिएर आम सञ्चार माध्यमका प्रकाशक, सम्पादक र र पत्रकार विरुद्ध एकपछि अर्को विद्युतिय अपराध (साइबर क्राइम) मा प्रहरीले मुद्दा चलाएको भन्दै आपत्ती जनाएको छ । वर्तमान सरकारलाई नै असहयोग गर्ने गरी प्रहरी र सम्बन्धित निकायले साइबर अपराधमा मुद्दा चलाएको चौतारीको दाबी...

प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
शनिबार, पुस २७, २०८१
काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक स्वीकृत गरेको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिए ।

प्रेस सेन्टर दोलखामा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, पुस २७, २०८१
चरिकोट । प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सुरज बस्नेत ‘अविरल’ को नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

६५ लाख धरौटीमा छुटे रवि लामिछाने
शुक्रबार, पुस २६, २०८१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा उनलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको हो ।

टीकापुर जग्गा प्रकरण : ८७ जना दोषी ठहर
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनाबारे अदालतले फैसला सुनाएको छ । उक्त प्रकरणमा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको हो । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन...

चीनमा भूकम्पमा परी १२६ जनाको मृत्यु भएको पुष्टि
बुधबार, पुस २४, २०८१
काठमाडौं । चीनको तिब्बतमा भूकम्पमा परी १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ । तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार ७ म्याग्नेच्युडको भूकम्प गएको थियो । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका भग्नावशेषमा अझै कोही पुरिएको हुनुसक्ने अनुमान छ ।