Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
समानुपातिक मतगणनामा माओवादी केन्द्र तेस्रो स्थान उक्लियो
समानुपातिक मतगणनामा माओवादी केन्द्र तेस्रो स्थान उक्लियो काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा थियो । रास्वपालाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।
सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल
सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल काठमाडौँ - मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल भएको छ । गठबन्धन दुई तिहाइको महत्त्वाकांक्षासहित निर्वाचनमा होमिएको थियो । तर उसलार्य सामान्य बहुमत पुर्‍याउनै मुस्किल पर्ने देखिएको छ । प्रत्यक्षतर्फको परिणामले सत्ता गठबन्धन सफल हुन नसकेको देखाएको छ ।
दोलखा एमालेले बनायो ‘बुथ कब्जा’मा संलग्नहरुको भण्डाफोर गर्ने योजना
दोलखा एमालेले बनायो ‘बुथ कब्जा’मा संलग्नहरुको भण्डाफोर गर्ने योजना चरिकोट – नेकपा एमाले दोलखाले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा दोलखामा बुथ कब्जा गर्ने कार्यमा संलग्न सबैको क्रमशः भण्डाफोर गर्दै जाने बताएको छ । जिल्लाका करिब एक दर्जन मतदान केन्द्रहरुमा बुथ कब्जा गरिएको भन्दै एमालेले त्यसमा संलग्न सबै पक्षको भण्डाफोर गर्ने योजना बनाएको हो ।
बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमाले पालिका कमिटीहरुको माग
बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमाले पालिका कमिटीहरुको माग चरिकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ९ वटै पालिका कमिटीहरुले बिज्ञप्ती जारी गर्दै छानविन र पुन मतदानको माग गरेका छन् । जिल्लाको ६ वटा गाउँपालिका कमिटीका अध्यक्षहरुले छुट्टाछुट्टै बिज्ञप्ती मार्फत बुथ कब्जा गरेर जनताको मताधिकार खोसिएको भन्दै निर्वाचन आयोगको...
तामाकोसी गाउँपालिकामा एमालेको शक्ति प्रदर्शन, दोलखाको तीन वटै सिट जित्ने उद्घोष (फोटोफिचर)
तामाकोसी गाउँपालिकामा एमालेको शक्ति प्रदर्शन, दोलखाको तीन वटै सिट जित्ने उद्घोष (फोटोफिचर) चरिकोट – नेकपा एमालेले दोलखाको तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत नेकपा एमालेले तामाकोसी गाउँपालिकामा अन्तिम चुनावी सभाको आयोजना गरेको हो । उक्त चुनाबी सभामा ठुलो संख्यामा जनताको उपस्थिति देखिएको छ ।
कार्कीलाई मत जोगाउने चुनौती, गठबन्धनको मत तानेर जित्ने शिवाकोटीको रणनीति
कार्कीलाई मत जोगाउने चुनौती, गठबन्धनको मत तानेर जित्ने शिवाकोटीको रणनीति चरिकोट – एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका वालकृष्ण शिवाकोटी र गठबन्धनका गंगा कार्की ‘विश्व’ दुबै जना नयाँ अनुहार हुन् । उनीहरुबीचको प्रतिस्पर्धा जिल्लाबासीको ठुलो चासोको विषय छ ।
यस्तो छ, एमाले दोलखाको चुनावी प्रतिवद्धता–पत्र (पूर्णपाठ)
यस्तो छ, एमाले दोलखाको चुनावी प्रतिवद्धता–पत्र (पूर्णपाठ) चरिकोट – आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले दोलखाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी एमालेले विगतको उपलव्धीसहित आगामी पाँच वर्षमा गर्ने योजना समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र लेखन समितिका संयोजक एवं एमाले केन्द्रीय सदस्य रचना खड्काले डिजिटल...
एमाले नेताहरु भन्छन् : ‘आचारसंहिताको धज्जी उडाउने र चुनाव अशान्त बनाउने हर्कत बन्द गरियोस्’
एमाले नेताहरु भन्छन् : ‘आचारसंहिताको धज्जी उडाउने र चुनाव अशान्त बनाउने हर्कत बन्द गरियोस्’ चरिकोट – नेकपा एमालेका नेताहरुले दोलखामा निर्वाचनको सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सदरमुकाम चरिकोटमा आयोजना गरिएको कार्यक्रममा एमालेका तर्फबाट निर्वाचनको नेतृत्व सम्हालेका नेताहरुले गठबन्धनबाट आचारसंहिता उल्लंघन भैरहेको र सुरक्षामा समेत खलल पुग्ने गतिविधि भैरहेको भन्दै जिम्मेवार निकायले त्यसलाई रोक्न नसकेको बताएका हुन् ।
दोलखामा एमालेद्धारा चुनाव प्रचार अभियानको घोषणा 
दोलखामा एमालेद्धारा चुनाव प्रचार अभियानको घोषणा  चरिकोट - आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दोलखाले आजदेखि प्रचारप्रसार अभियान सुरू गरेको छ । निर्वाचन आचारसंहितालाई मध्येनजर गर्दै एमालेले सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमको आयोजना गरी चुनावी प्रचार अभियानको औपचारिक घोषणा गरेको हो ।
दोलखाको गौरीशंकर गाउँपालिकामा कांग्रेसको सिंगो कमिटी एमालेमा विलय
दोलखाको गौरीशंकर गाउँपालिकामा कांग्रेसको सिंगो कमिटी एमालेमा विलय चरिकोट - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दोलखामा गठबन्धन परित्याग गर्ने क्रम सुरु भएको छ । गठबन्धनबाट जिल्लाको एकमात्र प्रतिनिधिसभा तर्फको उम्मेदवारी माओवादीले पाएपछि खासगरी कांग्रेस नेता कार्यकर्ताहरुले पार्टी छाड्न थालेका छन् ।
कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र (पूर्णपाठ)
कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र (पूर्णपाठ) काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।
दोलखाको प्रतिनिधिसभा सदस्यमा युवा उम्मेदवार
दोलखाको प्रतिनिधिसभा सदस्यमा युवा उम्मेदवार चरिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने युवाहरुको संख्या अधिक छ । पुरानो पुस्तालाई चुनौती दिँदै युवा उमेर समुहका नेताहरु चुनावी मैदानमा उत्रिएका हुन् । त्यस्तै मध्येका एक हुन्, जनता समाजवादी पार्टीका युवा नेता दावा शेर्पा ।
Weather Update