Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय
संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभयान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय गरिएको छ । 
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी काठमाण्डौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।
उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु
उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुँदैछ । उपसभामुखका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भएका हुन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा...
सत्ता साझेदार दलबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति
सत्ता साझेदार दलबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति काठमाडौं । राष्ट्रपति र सभामुख सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेलाई दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने सहमति गरेको हो । 
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार सपथग्रहण
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार सपथग्रहण काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार करिव ५ घण्टासम्म भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको हो । यो समझदारीसँगै मंगलबार १ बजे मन्त्रिपरिषदले पुर्णता पाउने भएको छ । दिउँसो १ बजेका लागि सपथ ग्रहण तय भएको छ । सपथ ग्रहणपछि सर्बदलीय बैठक बोलाईएको...
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने काठमाडौं । आज बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभा बैठकको एजेण्डा तय गरेको छ । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक राख्ने सहमति भएको छ ।
Weather Update