कांग्रेसभित्र सुरु भयो गठबन्धनको सामुहिक अबज्ञा
शनिबार, वैशाख ३, २०७९

दोस्रो कार्यकालका लागि भीमेश्वर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने केसीको घोषणा
बुधबार, चैत ३०, २०७८
चरिकोट – भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले दोस्रो कार्यकालका लागि नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन् । थुप्रै चुनौतीका बावजुत आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै केसीले समृद्ध भीमेश्वरको अधुरा काम पुरा गर्न नगरप्रमुखमा दोहोरिने बताएका हुन् ।

गठबन्धनबारे कांग्रेस सभापति भन्छन् : ‘अरुलाई बत्ती बालेर उज्यालो दिन सकिँदैन’
बुधबार, चैत ३०, २०७८
चरिकोट – नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कांग्रेस आफु अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने पक्षमा नरहेको बताएका छन् । दोलखामा गठबन्धन दलबीच पटक पटक भएको बार्तातर्फ संकेत गर्दै उनले कांग्रेस आफु समाप्त भएर अरुलाई बत्ती बालेर उज्यालो दिन नसकिने अभिव्यक्ति दिएका हुन् ।

राजदुत भेट्न नेपालका तीन पूर्वप्रधानमन्त्रीहरु भारतीय दुतावासमा
बुधबार, चैत ३०, २०७८
काठमाडौँ - नेपालका तीनजना प्रधानमन्त्रीहरु भारतीय राजदुतले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन दुतावास पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित दुतावास गएका हुन् ।

दोलखामा एमालेले सहमतिमा टुंग्याउन थाल्यो उम्मेदवार, सबैमा सर्बसम्मति जुटाउन निर्देशन
मंगलबार, चैत २९, २०७८
चरिकोट – नेकपा एमालेले दोलखामा स्थानीय तह निर्वाचनका उम्मेदवारहरु सर्बसम्मतिमा टुंग्याउन थालेको छ । एमाले दोलखा जिल्ला कमिटिको सदरमुकाम चरिकोटमा मंगलबार बसेको पूर्ण बैठकमा ९ वटै स्थानीय तह र ७४ वडाका उम्मेदवारहरुको सुची पेश भएको छ ।

माओवादी केन्द्रद्धारा दोलखामा धमाधम एकतर्फी उम्मेदवार घोषणा
मंगलबार, चैत २९, २०७८
चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनका लागि एकतर्फी रुपमा उम्मेदवार घोषणा गर्न थालेको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा दोलखामा पनि गठबन्धन गर्ने प्रयासकाबीच माओवादी केन्द्रले धमाधम उम्मेदवार घोषणा गर्न थालेको हो ।

एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी
सोमबार, चैत २८, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।

साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल
सोमबार, चैत २८, २०७८
काठमाडौं - प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा
शुक्रबार, चैत १८, २०७८
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रवार त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा शुक्रबार दिउसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम छ ।

दोलखा एमाले निर्वाचनमा होमियो, १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा
शुक्रबार, चैत १८, २०७८
चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन कमिटि घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुको बिजय सुनिश्चित गर्न १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा गरिएको हो । बिहिवार सम्पन्न जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन...

‘माओवादी केन्द्र प्राईभेट कम्पनी जस्तो भयो, त्यसैले परित्याग गर्यौं’
बुधबार, चैत १६, २०७८
चरिकोट – तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी प्राईभेट कम्पनी जस्तो भएकोले परित्याग गरेको बताएका छन् । मंगलबार एमाले प्रवेश गरेका माओवादी केन्द्र दोलखाका प्रभावशाली नेताहरुले बिधि, पद्धती समाप्त पारेर पार्टीलाई प्राईभेट कम्पनी जस्तो बनाईएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताए ।

‘सुनियोजित रुपमा भान्जाको हत्या गरेर निर्वाचनमा हराईयो’
बुधबार, चैत १६, २०७८
गौरीशंकर - माओवादी केन्द्रका तत्कालिन नेता निमा लामाले पार्टीकै नेताहरुले षड्यन्त्र गरेर आफुलाई चुनावमा हराएको बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लामाले आफ्नो भान्जाको सुनियोजित हत्या गरेर पार्टीकै नेताहरुले हराएको खुलासा गरेका हुन् ।

मतदाताको अन्तिम नामावली सार्वजानिक, संख्या १ करोड ७७ लाख ३३ हजार ७२३
आइतबार, चैत १३, २०७८
काठमाडौँ -आगामी निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले सहभागिता जनाउन पाउने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको थियो ।