मिति घोषणापछि आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी
मंगलबार, माघ २५, २०७८

निर्वाचनको तयारीमा केन्द्रीत हुने एमाले दोलखाको निर्णय
सोमबार, माघ २४, २०७८
चरिकोट - नेकपा एमाले दोलखाले चुनाव केन्द्रीत अभियानमा होमिने निर्णय गरेको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको पहिलो पुर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै फागुन मसान्तसम्मको निर्वाचन लक्षित कार्ययोजना तय गरेको हो ।

बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आयोग तयार
बुधबार, पुस ७, २०७८
बनेपा - निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचत गर्न तयार रहेको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग रहेको जानकारी दिएका हुन् ।

कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि देउवा निर्वाचित
बुधबार, मंसिर २९, २०७८
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरे ।

एमाले केन्द्रीय कमिटीमा दोलखाका पाँच जना नेताको नाम प्रस्ताव
सोमबार, मंसिर १३, २०७८
काठमाण्डौं – नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनको बन्दसत्रमा पेश गरिएको केन्द्रीय कमिटीको सूचीमा दोलखाबाट पाँच जनाको नाम परेको छ । जारी बन्दसत्रमा गएराती अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि केन्द्रीय कमिटीको प्रस्तावित नामावलीको सूची पेश गरेका हुन् ।

स्थानीय तहमा मतदाता नामावली संकलन हुँदै
सोमबार, मंसिर ६, २०७८
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहमा पनि मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट मतदाता नामावली सङ्कलन सुरु गर्ने आयोगले जनाएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भैरहेको थियो ।

एमाले कालिञ्चोक र विगु गाउँपालिका कमिटी सर्बसम्मत निर्वाचित
सोमबार, कात्तिक १५, २०७८
चरिकोट – नेकपा एमाले कालिञ्चोक र विगु गाउँपालिकामा नयाँ नेतृत्व निर्वाचित भएका छन् । कालिञ्चोक गाउँपालिकामा ईश्वरी दाहाल र विगु गाउँपालिकामा टेकमान तामाङको अध्यक्षतामा ७५/७५ सदस्यीय गाउँपालिका स्तरिय नयाँ कमिटी निर्वाचित भएको हो ।

एमाले अधिवेशनहरुमा आम निर्वाचनको जस्तो रौनकता र उत्साह (फोटोफिचर)
बिहीबार, कात्तिक ११, २०७८
चरिकोट – प्रतिपक्षि दल नेकपा एमाले यतिबेला देशभर अधिवेशनको चटारोमा छ । पार्टी केन्द्रको निर्देशन अनुसार वडा अधिवेशनपछि अहिले धमाधम गाउँ र नगर अधिवेशनमा नेता कार्यकर्ताहरु व्यस्त छन् । सबै वडा अधिवेशन सम्पन्न गरिसकेको दोलखा एमालेले पनि सोही अनुसार गाउँ÷नगर अधिवेशनहरु सम्पन्न गर्दैछ । उसले जिल्लाभर व्यापक चहलपहल बढाएको छ...

एमाले गौरीशंकरको अध्यक्षमा गुरुङ, जिरीमा कार्की र मेलुङमा गोले निर्वाचित
बुधबार, कात्तिक १०, २०७८
चरिकोट – दोलखाको तीन वटा स्थानीय तहमा नेकपा एमालेले सर्बसम्म रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बधुवारसम्म सम्पन्न एक नगरपालिका र दुई गाउँपालिकाको अधिवेशनबाट ७५ सदस्यीय सिंगो कमिटी सर्बसम्मत रुपमा निर्वाचित भएका हुन् ।

यी हुन् एमाले कालिञ्चोक गाउँपालिकाको ९ वटा वडा हाँक्ने नयाँ नेतृत्व
सोमबार, कात्तिक ८, २०७८
चरिकोट – नेकपा एमालेले कालिञ्चोक गाउँपालिकाको ९ वटै वडाहरुको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । यही कात्तिक ६ र ७ गतेसम्म वडा अधिवेशनहरुबाट सबै वडाहरुमा अध्यक्षसहितको नयाँ वडा कमिटि निर्वाचित भएका हुन् । नयाँ वडा कमिटिको नेतृत्वमा केही नयाँ र पुराना मिश्रित अनुहारहरु निर्वाचित भएका छन् ।

‘अब अन्य कम्युनिष्ट पार्टीको औचित्य छैन, जनता एमालेमा गोलबन्द हुन्छन्’
आइतबार, कात्तिक ७, २०७८
चरिकोट - नेकपा एमालेका नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले अब अन्य कम्युनिष्ट पार्टीहरुको औचित्य सकिएकाले जनता एमालेमा गोलबन्द हुने बताएका छन् । नेपाली कांग्रेस जस्ता दक्षिणपन्थी शक्ति र विदेशीहरुको दलाली गर्ने एकिकृत समाजवादी र माओवादी कम्युनिष्ट पार्टी हुन नसक्ने उनले बताए ।

नेकपा (एस) मा लाग्ने भनिएका नेता कार्यकर्ताहरु धमाधम एमालेमै खुल्दै
शुक्रबार, कात्तिक ५, २०७८
चरिकोट – दोलखामा नेकपा (एकिकृत समाजवादी) पार्टीमा लाग्ने अनुमान गरिएका नेता कार्यकर्ताहरु एमालेमा खुल्ने क्रम क्रम तिब्र भएको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) मा लाग्ने भनिएका जिल्ला स्तरिय प्रभावशाली नेता देखि स्थानीय अगुवा कार्यकर्ताहरुले मुलघरमै रहने निर्णय लिन थालेका हुन् ।

दोलखामा एमालेको विजयलाई कुनै शक्तिले रोक्न सक्दैन : पुर्वमन्त्री गुरुङ
बिहीबार, कात्तिक ४, २०७८
चरिकोट – नेकपा एमालेका नेता एवं पुर्व सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले दोलखामा आगामी निर्वाचनमा एमालेको विजयलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । अन्य स्थानको निर्वाचनमा तलमाथि भएपनि दोलखामा जस्तोसुकै लडाई लडेर एमालेलाई विजय गराउने उनले ठोकुवा गरे ।