प्रेस चौतारी दोलखाद्धारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण
सोमबार, जेठ ३, २०७८

तातोपानी नाका आईपुग्यो १८ हजार अक्सिजन सिलिण्डर
आइतबार, जेठ २, २०७८
चौतारा सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।

कर्णालीमा कांग्रेस-माओवादी गठबन्धनमा किचलो
आइतबार, जेठ २, २०७८
सुर्खेत - कर्णाली प्रदेश मन्त्रिपरिषद पुर्नगठनबारे नेपाली काँग्रेस र माओवादी केन्द्रबीच किचलो सुरु भएको छ । कांग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको थियो ।

दोलखामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
आइतबार, जेठ २, २०७८
चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक जना कर्मचारीको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर ५ की एक महिला रहेकी छिन् । उनी बैतेश्वर अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिईन् ।

एक्लो छोरा - जसले बिरामी आमा भेट्न नपाउँदै दुर्घटनामा ज्यान गुमाए
शुक्रबार, वैशाख ३१, २०७८
चरिकोट - विरामी आमालाई भेट्न पोखराबाट काठमाण्डौं फर्किने क्रममा दोलखाको शैलुङका एक युवकले दुर्घटनामा परी ज्यान गुमाएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भई नेपाली सेनाकोमा कार्यरत २७ वर्षिय सुरज बुढाथोकीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

नेपाल कोरोना संक्रमण दर फैलिनेमा विश्वकै दोस्रो स्थानमा
बिहीबार, वैशाख ३०, २०७८
काठमाडौँ - कोरोना संक्रमण दर फैलिने मुलुकहरू मध्ये नेपाल दोस्रो स्थानमा देखिएको छ । संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा देखिएको हो । नेपालमा भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

दोलखाको विगु गाउँपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु
बिहीबार, वैशाख ३०, २०७८
चरिकोट - दोलखाको विगु गाउँपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विगु गाउँपालिका वडा नम्बर ४ ताइलाङका एक पुरुषको मृत्यु भएको हो । उनी होम आईसोलेसनमा थिए । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनको पिसिआर परिक्षण गरिएको थियो ।

दोलखा बेदीङका तीन दिदीबहिनी सगरमाथाको शिखरमा, नयाँ विश्व रेकर्डको लक्ष्य
बुधबार, वैशाख २९, २०७८
काठमाडौं - दोलखाको गौरीशंकर गाउँपालिका स्थित एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको आरोहण गर्न सफल भएका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदीङका दिदीबहिनीहरु ३० वर्षिया निमा जाङ्बु शेर्पा, २६ वर्षिया छिरिङ नाम्गे शेर्पा र २४ वर्षिया दावा फुटी शेर्पाले (बुधवार) आज विहान करिव ७ बजेको समयमा सगरमाथाको शिखर...

सबै सेवा स्थगित गर्न सहकारीहरुलाई विभागको निर्देशन
बुधबार, वैशाख २९, २०७८
काठमाडौं - सहकारी विभागले सवै नियमित सेवा स्थगित गर्न सहकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । विभागले निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगित गर्न आग्रह गरेको हो ।

कोरोना संक्रमितलाई निशुल्क एम्वुलेन्स र पोषण खर्च, क्वारेन्टाईन बस्नेलाई दैनिक भत्ता
बुधबार, वैशाख २९, २०७८
चरिकोट – दोलखाका स्थानीय तहहरुले कोरोना रोकथाम र नियन्त्रणका सन्दर्भमा धमाधम नयाँ निर्णय गर्न थालेका छन् । कालिञ्चोक गाउँपालिकाले कोरोना रोकथाम र संक्रमितहरुलाई राहात प्रदान गर्नेबारे विभिन्न ६ वटा महत्वपुर्ण निर्णय गरेको छ ।

कोरोना संक्रमितलाई पोषण र एम्वुलेन्स खर्च दिने निर्णय
बुधबार, वैशाख २९, २०७८
चरिकोट – भीमेश्वर नगरपालिकाले कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि सहुलियत दिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिका लागि पोषण खर्च र एम्वुलेन्स खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

नेता चौलागाईको शोकमा एमालेले देशभर तीन दिनसम्म झण्डा झुकाउने
बुधबार, वैशाख २९, २०७८
काठमाडौं - नेकपा एमालेले पार्टीका नेता एवं वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउने भएको छ । त्यसका लागि एमाले केन्द्रीय कार्यालयले मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

तातोपानी नाकाबाट नौ महिनाको अवधिमा ७७ करोड राजस्व संकलन
बुधबार, वैशाख २९, २०७८
चौतारा - सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ९ महिनाको अवधिमा ७७ करोड राजस्व संकलन भएको छ । तातोपानी नाका कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालनमा छ । चीन र नेपाल सीमाको उक्त नाकाबाट नयाँ मोडालिटी अनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको हो ।