Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने काठमाडौं । आज बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभा बैठकको एजेण्डा तय गरेको छ । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक राख्ने सहमति भएको छ ।
सत्ता समिकरण बदलिएपछि एकिकृत समाजवादीमा संकट
सत्ता समिकरण बदलिएपछि एकिकृत समाजवादीमा संकट काठमाडौं । नयाँ सत्ता समिकरण बनेसँगै एकिकृत समाजवादीभित्र अन्यौलताको अवस्था देखिएको छ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किए माओवादी केन्द्र एमाले नेतृत्वको सत्ता समिकरणमा सामेल भएपछि एकिकृत समाजवादी समस्यामा परेको हो । जसका कारण उसले नयाँ सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्न सकेको छैन । 
वाग्मती प्रदेशमा कस्तो होला शक्ति बाँडफाँड ?
वाग्मती प्रदेशमा कस्तो होला शक्ति बाँडफाँड ? हेटौंडा । बागमती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गतेबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेसँगै प्रदेशसभाको दोस्रो कार्याकालको अधिवेशन सुरु हुने भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१०...
विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार
विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन् । संसद् सुरु भएपछि विश्वासको मत लिने सरकारको तयारी छ ।
अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय
अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय चरिकोट । नेकपा एमाले दोलखाले निर्वाचनमा अन्तरघात गर्ने बिरुद्ध आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुलाई आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय एमालेले गरेको हो । 
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने हेटौंडा । वाग्मती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । शुक्रबार बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए । 
नवनिर्वाचित सांसदहरुलाई पुष ७ गतेभित्र सपथ ग्रहण गराउने तयारी
नवनिर्वाचित सांसदहरुलाई पुष ७ गतेभित्र सपथ ग्रहण गराउने तयारी काठमाडौं । नवनिर्वाचित संघीय संसदहरुको सपथ ग्रहण यही पुष ७ गतेभित्र गर्ने तयारी भएको छ । सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको बताए ।
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा काठमाण्डौं । मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।
Weather Update