Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा एमालेतर्फका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा 
दोलखामा एमालेतर्फका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा  चरिकोट – नेकपा एमालेबाट दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने भएका छन् । माधव नेपाल समुहले नेकपा (एकिकृत समाजवादी) पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपनि दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले विभाजनको विपक्षमा उभिने निर्णय गरेका हुन् । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ...
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो काठमाडौं - मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो भएपछि मन्त्रिपरियाद विस्तारमा अझै ढिलाई हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचित छन् । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्तारुढ दलका नेताहरुबीच निरन्तर छलफल भैरहेपनि सहमति जुट्न नसकेको हो ।
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय चरिकोट - नेपाली काँग्रेस दोलखाले पार्टीको वडा स्तरिय अधिवेशन भाद्र १८ गते नै सम्पन्न गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले जिल्लाका सबै वडामा एकैदिन ७४ वटा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउने सभामुखको निर्णय
एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउने सभामुखको निर्णय काठमाण्डौं - सभामुख अग्नि सापकोटाले नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीबाट जोगाउने निर्णय लिएका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएको भन्दै सभामुख सापकोटाले एमालेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।
कांग्रेससँग चुनावी तालमेल गर्नेबारे माओवादी केन्द्रको बैठकमा उठ्यो प्रश्न
कांग्रेससँग चुनावी तालमेल गर्नेबारे माओवादी केन्द्रको बैठकमा उठ्यो प्रश्न काठमाण्डौं - नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठकमा तालमेल गर्ने या नगर्नेबारे गम्भिर प्रश्न उठेको छ । बैठकमा नेताहरुले दलाल पूँजीपतिहरुको पार्टीका रुपमा परिचित नेपाली कांग्रेससँग तालमेल गर्दा नैतिक संकट उत्पन्न हुने बताए । माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्यान्डमा जारी छ ।
मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता गठबन्धनलाई सकस
मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता गठबन्धनलाई सकस काठमाडौँ - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषदलाई पुर्णता दिन सकस देखिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दापनि मन्त्रिपरिषद बिस्तारमै समस्या देखिएको हो । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वकै कारण मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको नेताहरुले बताएका...
केन्द्रमा माधव समुह अलग्गिएपनि दोलखामा एमाले यसकारण बन्नसक्छ अझै शक्तिशाली !
केन्द्रमा माधव समुह अलग्गिएपनि दोलखामा एमाले यसकारण बन्नसक्छ अझै शक्तिशाली ! चरिकोट – नेकपा एमाले एक समय दक्षिण एसियामै सबैभन्दा धेरै संगठित सदस्यसहितको सुदृढ र बलियो पार्टीको रुपमा स्थापित भयो । तर एमालेभित्र पछिल्लो समय चुलिएको शक्ति संघर्षका कारण पार्टी कमजोर मात्रै होईन, फुट्नेसम्मको चर्चा छ ।
विप्लव नेतृत्वको नेकपा दोलखामा सक्रिय हुने, पार्टी कार्यालय उद्घाटन
विप्लव नेतृत्वको नेकपा दोलखामा सक्रिय हुने, पार्टी कार्यालय उद्घाटन चरिकोट – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखामा खुल्ला राजनीतिक गतिबिधि सुरु गरेको छ । सदरमुकाम चरिकोटमा शुक्रबार विधिवत रुपमा पार्टी कार्यालय संचालन गर्दै उसले खुल्ला राजनीतिक गतिविधिमा सक्रिय हुने घोषणा गरेको हो ।
पार्टीका सबै सांसदले मन्त्री बनाउन दबाब दिँदा तनावमा छु : प्रचण्ड
पार्टीका सबै सांसदले मन्त्री बनाउन दबाब दिँदा तनावमा छु : प्रचण्ड काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदहरुले तनाब दिईरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गर्दै मन्त्री पाएमात्रै काम गर्ने प्रबृत्ति बढेको बताए ।
पार्टी एकताको विकल्प नभएको एमाले माधब समुहको निष्कर्ष
पार्टी एकताको विकल्प नभएको एमाले माधब समुहको निष्कर्ष काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । उक्त समुहका सहित २२ एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिएपछि पहिलो पटक बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
कार्यतालिका छोट्याएर महाधिवेशन गर्ने कांग्रेसको तयारी
कार्यतालिका छोट्याएर महाधिवेशन गर्ने कांग्रेसको तयारी काठमाण्डौं - सत्तारुढ नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशन चुनावी प्रक्रिया घटाएर सम्पन्न गर्ने तयारी गरेको छ । नेताहरुका अनुसार पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने तयारी गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पाए विस्वासको मत
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पाए विस्वासको मत काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनस्र्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । विस्वासको पक्षमा १६५ मत परेको छ ।
Weather Update