तातोपानी नाकाबाट नौ महिनाको अवधिमा ७७ करोड राजस्व संकलन
बुधबार, वैशाख २९, २०७८

एमाले अध्यक्ष ओलीको शोक वक्तव्य : चौलागाईको निधनले पार्टीले निष्ठावान नेता गुमायो
बुधबार, वैशाख २९, २०७८
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शोक विज्ञप्ती जारी गर्दै स्वर्गिय नेता पशुपति चौलागाई प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चौलागाईको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाउनु परेको प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ ।

चौलागाईको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान, पशुपति आर्यघाटमा अन्त्येष्टि
बुधबार, वैशाख २९, २०७८
काठमाण्डौं - कोरोना संक्रमणका कारण निधन भएका दोलखाका लोकप्रिय नेता एवं वाग्मती प्रदेशका सांसद पशुपति चौलागाईको अन्त्यष्टि गरिएको हो । चौलागाईको काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको थियो । उनको बुधवार विहान पशुपति शवदाहगृहमा अन्त्येष्टि गरिएको हो ।

कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु
बुधबार, वैशाख २९, २०७८
काठमाण्डौं - कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईं सहित ३४ जनाको मृत्यु भएको हो । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

लोकप्रिय नेता चौलागाई रहेनन्, निष्ठाको राजनीतिमा बित्यो चार दशक
बुधबार, वैशाख २९, २०७८
काठमाण्डौं - कोरोना संक्रमणपछि अस्पतालमा उपचार गराईरहेका नेकपा एमालेका केन्द्रीय नेता एवम् बागमती प्रदेशसभाका सांसद पशुपति चौंलागाईको निधन भएको छ । चौलागाईको मंगलवार राती काठमाण्डौंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एकहप्ता अघि कोरोना संक्रमण पुष्टि भएपछि चौलागाई अस्पताल भर्ना भएका थिए । उनलाई काठमाण्डौंमा रहँदै कोरोना...

दोलखामा कोरोना संक्रमित थप एक वृद्धाको मृत्यु
मंगलबार, वैशाख २८, २०७८
चरिकोट - दोलखामा कोरोना संक्रमण पुष्टि भएकी एक बृद्धाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोक्कर घर भएकी ८० वर्षिया बृद्धाको मंगलवार मृत्यु भएको हो ।

कोरोनाको दोस्रो लहर : चरिकोट अस्पतालमा एक पुरुषको मृत्यु
सोमबार, वैशाख २७, २०७८
चरिकोट - कोरोनाको दोस्रो लहर बढिरहेका बेला दोलखामा एक जनाको मृत्यु भएको छ । सदरमुकाम स्थित चरिकोट अस्पतालमा एक जना संक्रमित परूषको मृत्यु भएको हो ।

दोलखामा कोरोना बिरामी बोक्न चार वटा एम्बुलेन्स ईस्ट्यान्डवाई, अटेर गरे कारबाही
शनिबार, वैशाख २५, २०७८
चरिकोट – दोलखामा कोरोना संक्रमित लगायतका बिरामीलाई बोक्न अटेर गर्ने एम्बुलेन्स र त्यसका चालकलाई कारबाही गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिरामी बोक्न ईन्कार गर्ने वा ढिलासुस्ती गर्ने एम्बुलेन्स र त्यसका चालकलाई कानुन अनुसार कारबाही गर्ने, एम्बुलेन्सलाई नियन्त्रणमा लिने दर्ता खारेजीसम्मको कारबाही गर्ने निर्णय गरेको...
भीमेश्वर मन्दिरको शिलामा आयो पसिना
शनिबार, वैशाख २५, २०७८
चरिकोट – साक्षात भविष्य सूचकको रुपमा लिईने दोलखा स्थित प्रसिद्ध भीमेवर मन्दिरमा लगातार पसिना आईरहेको छ । मन्दिर पुजा तथा गुठि व्यवस्थापन समितिका सदस्यहरुका अनुसार मध्यान्ह १२ बजेर २२ मिनेटपछि लगातार पसिना आईरहेको छ ।

बाँच्ने र बचाउने बेला नकारात्मक आरोप प्रत्यारोप नगरौं : मन्त्री गुरुङ
बिहीबार, वैशाख २३, २०७८
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै एकजुट भए मात्रै कोरोनाभाइरस विरुद्धको लडाई जित्न सकिने बताएका छन् । राजनीतिक दल लगायत सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै उनले नकारात्मक आरोप प्रत्यारोपमा मात्रै उत्रिनुले देश र जनताप्रतिको दायित्व पुरा नहुने बताए ।

यस्तो जीवनशैली अपनाए कोरोना प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ, (हेल्थ टिप्स)
बिहीबार, वैशाख २३, २०७८
काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड—१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको छ । धेरैजसो होम आइसोलेशनमा छन् । बिभिन्न खोपहरु प्रयोगमा आएपनि संक्रमित बिरामीका लागि औषधिको विकास भइसकेको छैन । खोपको प्रभावकारीतामा प्रश्न त छँदैछ, सबैको पहुँचमा पनि छैन । आइसोलेशनमा बस्नेहरु कोठामा सीमित हुँदा कसरी कोरोना मुक्त हुने भन्ने चिन्ताले...

दोलखामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, वैशाख २३, २०७८
चरिकोट - दोलखामा बिहिवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शैलुङ गाउँपालिकामा ११ र भीमेश्वर नगरपालिकामा ५ जनामा संक्रमण देखिएको हो ।