Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
६ महिनामा वाग्मती सरकारको खर्च १६ प्रतिशत
६ महिनामा वाग्मती सरकारको खर्च १६ प्रतिशत वाग्मती । वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६।२७ प्रतिशतमात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । 
सुनको भाउ निरन्तर उकालो
सुनको भाउ निरन्तर उकालो काठमाडौं । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बढ्यो ईन्धनको मूल्य
बढ्यो ईन्धनको मूल्य काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।  निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको  छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको  हो ।
२८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र स्वीकृत
२८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र स्वीकृत काठमाडौं । मन्त्रिपरिषदले ऊर्जा विकास मार्गचित्र–२०८१ स्वीकृत गरेको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य छ । 
तामाकोशी पाँचौंले माग पुरा नगरेको भन्दै स्थानीय आन्दोलित
तामाकोशी पाँचौंले माग पुरा नगरेको भन्दै स्थानीय आन्दोलित चरिकोट। तामाकोशी पाँचौं जलविद्युत आयोजनाले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ  आयोजना समक्ष स्थानीयले बिभिन्न ११ बुँदे माग राखेका थिए। ती माग पूरा गर्न अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै स्थानीयले अडिट टुका सबै काम ठप्प पारेका हुन् ।
दोलखाका जलविद्युत आयोजनाबारे एमालेले उठायो गम्भीर प्रश्न
दोलखाका जलविद्युत आयोजनाबारे एमालेले उठायो गम्भीर प्रश्न चरिकोट । माथिल्लो तामाकोशी, तामाकोशी पाचौँ लगायतका जलविद्युत आयोजनाबारे एमालेले गम्भीर प्रश्न उठाएको छ । राष्ट्रिय गौरबको आयोजनालाई भ्रष्टाचार, अनियमितताको दलदलमा डुबाएर धरासायी बनाउने षड्यन्त्र भैरहेको भन्दै एमालेले छानविन गर्न माग गरेको छ । हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेको एमालेको आरोप छ...
बाग्मती प्रदेशको बजेट खर्च न्यून, १२ प्रतिशत मात्रै खर्च
बाग्मती प्रदेशको बजेट खर्च न्यून, १२ प्रतिशत मात्रै खर्च बागमती । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आव २०८१र८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
तीन महिनापछि माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुचारु
तीन महिनापछि माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुचारु काठमाडौं । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको हो । 
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको तयारी
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको तयारी काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी पुसमा विद्युत उत्पादन सुरु हुने भएको छ । पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार भैरहेको अयोजनाले जनाएको छ । 
चार प्रतिशतले घट्यो व्यापार घाटा
चार प्रतिशतले घट्यो व्यापार घाटा काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ। ‍नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ। यस्तै, वस्तु आयातमा ४.२ प्रतिशतले कमी आई तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ। गत...
उद्योगहरुको विजुली नकाट्ने विद्युत प्राधिकरणको निर्णय
उद्योगहरुको विजुली नकाट्ने विद्युत प्राधिकरणको निर्णय काठमाडौं । बक्यौंता तिर्न बाँकी उद्योगहरुको विजुली नकाटिने भएको छ । नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले बिजुली नकाट्ने निर्णय गरेको हो । यसअघि विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।
Weather Update