Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डोनाल्ड ट्रम्पले रोके बैदेशिक अनुदान
डोनाल्ड ट्रम्पले रोके बैदेशिक अनुदान काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग रोक्ने घोषणा गरेको छ । तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्कालका लागि अनुदान रोकिएको बताईएको छ । 
नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीमा मतदान
नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीमा मतदान काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान भएको छ । क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र निकट विद्यार्थी संगठन हो । 
३७ डीएसपी एसपीमा बढुवा सिफारिस
३७ डीएसपी एसपीमा बढुवा सिफारिस काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी) को बढुवा सिफारिस गरेको छ । उनीहरुको उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका हुन् । 
जेठ २ देखि ४ सम्म सगरमाथा संवाद गर्ने प्रधानमन्त्रीको घोषणा
जेठ २ देखि ४ सम्म सगरमाथा संवाद गर्ने प्रधानमन्त्रीको घोषणा काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको घोषणा गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने औपचारिक घोषणा गरेका हुन् ।
नियम विपरीत रोडाढुंगा उत्खनन रोक्न सर्वोच्चको परमादेश
नियम विपरीत रोडाढुंगा उत्खनन रोक्न सर्वोच्चको परमादेश काठमाडौं । सर्वोच्च अदालतले कानुन बिपरित राडाढुंगा उत्खनन् रोक्न परमादेश जारी गरेको छ । देशभरिका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडाढुंगा उत्खननको काम रोक्न सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको हो । 
माघ १८ मा संसदको हिउँदे अधिवेशन बोलाउने निर्णय
माघ १८ मा संसदको हिउँदे अधिवेशन बोलाउने निर्णय काठमाडौं। सरकारले यही माघ १८ बाट संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण अभियोगमा तीन जना प्रहरी हिरासतमा
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण अभियोगमा तीन जना प्रहरी हिरासतमा काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना प्रहरी हिरासतमा पुगेका छन् । प्रहरीले सोमबार झापा बुद्ध शान्ती गाउँपालिका–४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरेको छ । 
चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात
चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात गरेको छ । २०८१ साउन यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको हो । यद्यपी यो निर्यात आयातको अनुपातमा निकै कम हो । पछिल्लो तीन महिनादेखि भने निर्यातमा उच्च वृद्धि देखिएको छ । 
राष्ट्रिय परिचयपत्र बिरुद्धको रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्र बिरुद्धको रिट निवेदन खारेज काठमाडौं । राष्ट्रिय परिचयपत्र बिरुद्ध पारेको रिट खारेज भएको छ । परिचय-पत्र कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित सर्दाबोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। यो फैसलाले सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ ।
रोजगारीका लागि प्रत्येक महिना ६५ हजार बिदेशिँदै
रोजगारीका लागि प्रत्येक महिना ६५ हजार बिदेशिँदै काठमाडौं । रोजगारीको शिलशिलामा प्रत्येक महिना ६५ हजार जना बिदेशिरहेको तथ्यांकले देखाएको छ ।  वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएको...
माघ १० गतेदेखि वाग्मती प्रदेशसभाको अधिवेशन
माघ १० गतेदेखि वाग्मती प्रदेशसभाको अधिवेशन हेटौँडा । बागमती प्रदेशसभा यही माघ १० गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयले यही १० गतेदेखि पाँचौँ अधिवेशन बस्नेगरी तयारी गरिरहेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले अधिवेशन संचालनको तयारी भैरहेको जानकारी दिए । 
Weather Update