पत्रकार महासंघमा पोखरेल नेतृत्वको प्यानल विजयी
शनिबार, चैत २८, २०७७

नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा जुट्न सञ्चारमन्त्री गुरुङको निर्देशन
शुक्रबार, चैत २७, २०७७
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूर्वक जुट्न आह्वान गरेका छन् ।

पत्रकार महासंघ ओखलढुंगामा शेर्पा नेतृत्वको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार
शुक्रबार, चैत २७, २०७७

पत्रकार महासंघ केन्द्रीय समितिमा अल्पसंख्यक कोटाका साझा उम्मेदवार
शुक्रबार, चैत २०, २०७७
काठमाण्डौं — पत्रकार महासंघको यही चैत्र २५ गते हुने महाधिवेशन र निर्वाचनको सरगर्मी निकै बढेको छ । महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार मतदान हुँदैछ । देशभरका १३ हजार भन्दा बढी सदस्यहरु मतदानमा सहभागि हुँदैछन् ।

कोरोना संक्रमित दोलखा विगुका एक बृद्धको धुलिखेल अस्पतालमा मृत्यु
शुक्रबार, चैत १३, २०७७
चरिकोट — काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पतालमा मृत्यु भएका दोलखाका एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ । विगु गाउँपालिका घर भएका ६२ वर्षिय बृद्धको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सुन्दर पर्यटकिय नगरी चरिकोटलाई कुरुप बनाउने तस्बिर
मंगलबार, चैत १०, २०७७
चरिकोट — दोलखा सदरमुकाम चरिकोट वर्षेनी लाखौं आन्तरिक तथा वाह्यक पर्यटकलाई स्वागत गर्ने सुन्दर पर्यटकिय नगरी हो । प्रसिद्ध कालिञ्चोक, भीमेश्वर मन्दिर, शैलुङ, जिरी, रोल्वालिङ लगायतका पर्यटकिय क्षेत्र भ्रमण गर्ने प्रायः सबै पर्यटकहरु सदरमुकाम चरिकोट बास बस्ने गर्दछन् ।

सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ
सोमबार, चैत ९, २०७७
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चालकहरुले सामुदायिक रेडियोहरूको दुरुपयोग गरिएको बताएका छन् । सामुदायिक रेडियोहरुले सामाजिक रुपान्तरणको भूमिका निर्बाह गर्नुपर्नेमा राजनीतिक पार्टीको प्रचारका रुपमा दुरुपयोग गरिएको उनले बताए ।

बहुप्रतिक्षित तामाकोशी आयोजनाबाट विद्यूत उत्पादनको अन्तिम प्रतिक्षा
सोमबार, चैत ९, २०७७
चरिकोट — स्वदेशी लगानीले निर्माणाधिन ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाबाट नयाँ वर्षबाट विद्युत उत्पादन सुरु गर्ने स्प्रीडका साथ आईतवारदेखि प्राविधिक परीक्षण भैरहेको छ । अब आयोजनाबाट वर्षौदेखि बिजुली उत्पादनका हुने प्रतिक्षाको भडी सम्भवत: बैशाख महिनाको अन्तिम साताबाट सकिनेछ ।

दोलखालाई वालमैत्री जिल्ला बनाउने यस्तो छ, १२ बुँदे साझा प्रतिवद्धता
आइतबार, चैत ८, २०७७
चरिकोट – दोलखालाई वालमैत्री जिल्ला बनाउन सरोकारवालाहरुले १२ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । सदरमुकाम चरिकोटमा आईतवार जिसस दोलखाले आयोजना गरेको कार्यक्रममा सहभागि जिल्ला स्थित सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षा विकास तथा समन्वय ईकाई, प्रहरी, वाल संगठन, वालअधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको तर्फबाट उक्त प्रतिबद्धता जनाईएको हो ।

रमण थामीको कर्णप्रिय गीत ‘कस्तो दिनमा माया बसेछ’ (भिडियो)
आइतबार, चैत ८, २०७७
काठमाण्डौं–गायक रमण थामीको नयाँ गीत सार्वजानिक भएको छ । कस्तो दिनमा माया बसेछ, वोलको गीत शनिवार उनकै यूट्युव च्यानलमार्फत रिलिज गरिएको हो । उनको स्वरमा सजिएको गीतमा आफैले संगित भरेका छन् ।

यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान
शुक्रबार, चैत ६, २०७७
चरिकोट – नेपाल टेलिकम दोलखा शाखा, जिल्लालाई स्मार्ट जिल्ला बनाउने सरकारको घोषणालाई पुरा गर्ने तयारीमा जुटेको छ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तह, शैक्षिक संस्थामा द्रुत गतिको ईन्टरनेट सेवाको पहुँच विस्तार गर्ने काम धमाधम भैरहेको छ । जिल्लाको ९ स्थानीय तह, ७४ वडा कार्यालय, ५७ स्वास्थ्य संस्था र...

थामी संग्रहालयको मौलिकता बिग्रिने चिन्ता
बिहीबार, चैत ५, २०७७
चरिकोट – अतिसिमान्तकृत थामी समुदायको राष्ट्रिय संग्रहालयको मौलिकताबारे चिन्ता व्यक्त हुन थालेको छ । थामी समुदायको उद्गम थलो मानिएको भीमेश्वर नगरपालिका वडा नम्बर–१, सुस्पाक्षमावती स्थित राङराङथलीमा संग्रहालय बन्दैछ । संग्रहालय स्थलमा यसअघि बनेका र अब बन्ने संरचनामा थामी समुदायको मौलिक पहिचान झल्किनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने
शनिबार, फागुन २९, २०७७
सिन्धुपाल्चोक - चीनसँगको सिमानाका तातोपानीबाट पहिलो पटक नेपालमा ठुलो परिमाणमा रासायनिक मल आयात भएको छ । तातोपानी नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।