Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ
सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चालकहरुले सामुदायिक रेडियोहरूको दुरुपयोग गरिएको बताएका छन् । सामुदायिक रेडियोहरुले सामाजिक रुपान्तरणको भूमिका निर्बाह गर्नुपर्नेमा राजनीतिक पार्टीको प्रचारका रुपमा दुरुपयोग गरिएको उनले बताए ।
बहुप्रतिक्षित तामाकोशी आयोजनाबाट विद्यूत उत्पादनको अन्तिम प्रतिक्षा
बहुप्रतिक्षित तामाकोशी आयोजनाबाट विद्यूत उत्पादनको अन्तिम प्रतिक्षा चरिकोट — स्वदेशी लगानीले निर्माणाधिन ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाबाट नयाँ वर्षबाट विद्युत उत्पादन सुरु गर्ने स्प्रीडका साथ आईतवारदेखि प्राविधिक परीक्षण भैरहेको छ । अब आयोजनाबाट वर्षौदेखि बिजुली उत्पादनका हुने प्रतिक्षाको भडी सम्भवत: बैशाख महिनाको अन्तिम साताबाट सकिनेछ ।
दोलखालाई वालमैत्री जिल्ला बनाउने यस्तो छ, १२ बुँदे साझा प्रतिवद्धता
दोलखालाई वालमैत्री जिल्ला बनाउने यस्तो छ, १२ बुँदे साझा प्रतिवद्धता चरिकोट – दोलखालाई वालमैत्री जिल्ला बनाउन सरोकारवालाहरुले १२ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । सदरमुकाम चरिकोटमा आईतवार जिसस दोलखाले आयोजना गरेको कार्यक्रममा सहभागि जिल्ला स्थित सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षा विकास तथा समन्वय ईकाई, प्रहरी, वाल संगठन, वालअधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको तर्फबाट उक्त प्रतिबद्धता जनाईएको हो ।
रमण थामीको कर्णप्रिय गीत ‘कस्तो दिनमा माया बसेछ’ (भिडियो)
रमण थामीको कर्णप्रिय गीत ‘कस्तो दिनमा माया बसेछ’ (भिडियो) काठमाण्डौं–गायक रमण थामीको नयाँ गीत सार्वजानिक भएको छ । कस्तो दिनमा माया बसेछ, वोलको गीत शनिवार उनकै यूट्युव च्यानलमार्फत रिलिज गरिएको हो । उनको स्वरमा सजिएको गीतमा आफैले संगित भरेका छन् ।
यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान
यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान चरिकोट – नेपाल टेलिकम दोलखा शाखा, जिल्लालाई स्मार्ट जिल्ला बनाउने सरकारको घोषणालाई पुरा गर्ने तयारीमा जुटेको छ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तह, शैक्षिक संस्थामा द्रुत गतिको ईन्टरनेट सेवाको पहुँच विस्तार गर्ने काम धमाधम भैरहेको छ । जिल्लाको ९ स्थानीय तह, ७४ वडा कार्यालय, ५७ स्वास्थ्य संस्था र...
थामी संग्रहालयको मौलिकता बिग्रिने चिन्ता
थामी संग्रहालयको मौलिकता बिग्रिने चिन्ता चरिकोट – अतिसिमान्तकृत थामी समुदायको राष्ट्रिय संग्रहालयको मौलिकताबारे चिन्ता व्यक्त हुन थालेको छ । थामी समुदायको उद्गम थलो मानिएको भीमेश्वर नगरपालिका वडा नम्बर–१, सुस्पाक्षमावती स्थित राङराङथलीमा संग्रहालय बन्दैछ । संग्रहालय स्थलमा यसअघि बनेका र अब बन्ने संरचनामा थामी समुदायको मौलिक पहिचान झल्किनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने
तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने सिन्धुपाल्चोक - चीनसँगको सिमानाका तातोपानीबाट पहिलो पटक नेपालमा ठुलो परिमाणमा रासायनिक मल आयात भएको छ । तातोपानी नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
चीनसँग नाका जोड्ने लामाबगर सुरुङमार्ग निर्माण कार्य अघि बढ्दै
चीनसँग नाका जोड्ने लामाबगर सुरुङमार्ग निर्माण कार्य अघि बढ्दै चरिकोट - उत्तर दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको कामले गति लिने भएको छ । सरकारको केन्द्रिय बजेटमा चालु आर्थिक वर्षमा पहिलो पटक सडक सम्वोधन गरिएको उक्त सुरुङमार्गको विस्तृत अध्ययनपछि डिजाइन तयार पारिएको छ ।
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने काठमाडौं - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको मिति सार्वजानिक गरिएको छ ।
दोलखाको बैतेश्वरमा बोलेरोले किच्दा एकजना पुरुषको मृत्यु
दोलखाको बैतेश्वरमा बोलेरोले किच्दा एकजना पुरुषको मृत्यु चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकामा वोलेरो दुर्घट्ना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ४० वर्षिय वद्रि थामी रहेका छन् ।
नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिरको अवसर
नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिरको अवसर काठमाण्डौं - नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जनाका लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रवार अनलाइन दरखास्त फारम भर्न मिल्नेगरी सूचना प्रकाशित गरेको हो । बैंकका अनुसार लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ नगर्न सरकारले दियो निर्देशन
विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ नगर्न सरकारले दियो निर्देशन काठमाडौं - सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथि पक्राउ नगर्ने प्रहरीलाई निर्देशन दिएको छ । उक्त समुहसँग वार्ता सुरु भएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
Weather Update