जेनजी प्रदर्शनमा १९ जना मारिए, चारसय बढी घाईते
सोमबार, भदौ २३, २०८२
रास्वपा उम्मेदवार डा. लेखजंग थापा बिरुद्ध कान्छी पत्नीले हालेकी थिईन् मुद्धा
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले सम्बन्धविच्छेदको कागज सार्बजनिक गरेका छन् । रास्वपाको आधिकारिक उम्मेदवार बनेसँगै बहुविवाहको प्रश्न उठेपछि उनले सम्बन्धबिच्छेदको कागज सार्बजनिक गरेका हुन् । उनले बहुविवाह गरेर मुद्दा परेपछि सम्बन्धविच्छेद गरेको पाईएको छ ।

मुङचाखोलामा आएको बाढीले सुनखानी–साङवा सडक अबरुद्ध
मंगलबार, भदौ १७, २०८२
चरिकोट । अविरल वर्षासँगै खोलामा आएको बाढीले दोलखाको सुनखानी–साङवा सडक अबरुद्ध भएको छ । कालिञ्चोक गाउँपालिका–६, स्थित मुङ्चाखोलाको डाईभर्सन पुल बगाएपछि सडक अबरुद्ध भएको हो । उत्तरी क्षेत्रको मुख्य प्रवेशमार्ग सडक अबरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ ।

२९ गतेदेखि दसैँका लागि नयाँ नोट साटिने
आइतबार, भदौ १५, २०८२
काठमाडौं । यही भदौ २९ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाईने भएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले सूचना मार्फत जानकारी गराएको छ ।
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
आइतबार, भदौ १५, २०८२
काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने ७७४ जना घाइते भएका छन्...

अरनिको बसमा ठोक्किएर स्कुटरमा सवार दुई जनाको मृत्यु
शुक्रबार, भदौ १३, २०८२
काठमाडौं । अरनिको यातायातको वसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किएर दुर्घट्ना भएको हो । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल–१ स्थायी घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल रहेका छन् । उनलाई बिहान साढे ३ बजे डाक्टरले मृत...
नेपालमा युवा हुने मापदण्ड : १८ देखि ३५ वर्ष
बिहीबार, भदौ १२, २०८२
काठमाडौं । नेपालमा युवाको मापदण्ड १८ देखि ३५ वर्षलाई निर्धारण गरिएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा यस्तो व्यवस्था गरिएको हो । जसमा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम गरिएको छ ।

सूचीकरण नहुने सामाजिक संजाल निष्क्रिय बनाउने सरकारको निर्णय
बुधबार, भदौ ११, २०८२
काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरण हुन आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सामाजिक संजालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको हो ।
वडा अध्यक्ष रोजगारीका लागि उडे विदेश
बुधबार, भदौ ११, २०८२
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष विदेश पलायन भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका हुन् । लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

दोलखामा भयानक मोटरसाईकल दुर्घट्ना, दुई युवकको मृत्यु
बुधबार, भदौ ११, २०८२
चरिकोट । दोलखामा मोटरसाईकल दुर्घट्ना हुँदा दुई युवकले ज्यान गुमाएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा उक्त दुर्घट्ना भएको हो । दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घट्नामा भीमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ का २५ वर्षीय सुजन दाहालको मृत्यु भएको छ ।
हरितालिका तीजको हर्षोल्लास
मंगलबार, भदौ १०, २०८२
काठमाडौं । हरितालिका तीज पर्व आज हर्षोल्लास पुर्वक मनाइँदैछ । यो पर्व भाद्र शुक्ल तृतीयाका दिनमा मनाईन्छ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
गाजाको अस्पतालमा इजरायलको निरन्तर आक्रमण, पत्रकारसहित २० जनाको मृत्यु
मंगलबार, भदौ १०, २०८२
काठमाडौं । इजरालयलले गाजामाथिको आक्रमण थप तिब्र बनाएको छ । गाजाको दक्षिणी सहर खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन्।
सरकारले भन्यो : लिपुलेक नेपालको अभिन्न भुभाग हो
बिहीबार, भदौ ५, २०८२
काठमाडौं । सरकारले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको प्रतिक्रिया दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको स्पष्ट पारेको हो ।