अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
बुधबार, जेठ २१, २०८२
बढ्यो डिजेल र पेट्रोलको मूल्य
आइतबार, जेठ १८, २०८२
काठमाडौँ । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
यातायात व्यवसायीहरुद्धारा आन्दोलनको घोषणा
मंगलबार, जेठ १३, २०८२
काठमाडौँ । यातायात व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । संविधानविपरीत प्रदेश सरकारहरुले ऐन नियमावली बनाएको भन्दै व्यवसायीले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
गभर्नर पौडेल बिरुद्ध सर्वोच्चमा रिट दर्ता
मंगलबार, जेठ १३, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । नियुक्तिको दोस्रो दिन दायर भएको रिट मंगलबार दर्ता भएको हो ।
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
मंगलबार, जेठ ६, २०८२
काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेशको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।
बागमती प्रदेशमा आईटी क्षेत्रमा ५ सय जनालाई रोजगारी
मंगलबार, वैशाख ३०, २०८२
हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आइटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने भएको छ । मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत रोजगारी दिने तयारी गरेको हो ।

भूकम्प : सिन्धुपाल्चोकमा एकजना कैदी घाईते, भोटेकोशीमा पहिरो
शुक्रबार, फागुन १६, २०८१
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको कुकम्पले एक जना कैदी घाईते भएका छन् । आज विहान पौने ६ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले जिल्लामा सामान्य क्षति पुगेपनि प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

दोलखाको नासा हाईड्रोमा कार्यरत एक कामदारको मृत्यु
शुक्रबार, फागुन १६, २०८१
चरिकोट । दोलखाको नासा हाईड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । नासा हाईड्रोपावरको मादी जलजला कन्ट्रक्सनमा का मगर्ने रोल्पा सुनछहररी गाउँपालिका–३, का २३ बर्षीय बजिन्द्र घर्तीमगरको मृत्यु भएको हो । उनी यही फागुन १४ गतेदेखि हराएकोमा खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेका हुन् ।

सामाजिक संजाल विधेयक पुर्नलेखन गरेर मात्र अघि बढाउन माग
बिहीबार, फागुन १, २०८१
काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक शंसोधन गर्न माग गरेको छ । दर्ता गरिएको विधेयक फिर्ता नलिएर संशोधनपछि मात्रै अघि बढाउन महासंघले माग गरेको हो । त्यस नगरिए संघर्षमा उत्रिने चेतावनी महासंघले दिएको छ ।

दोलखाको शैलुङमा लडेर बृद्धको मृत्यु
बिहीबार, फागुन १, २०८१
चरिकोट । दोलखाको शैलुङमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर २, पुरानो गाउँका ६८ वर्षिय बिरबहादुर तामाङ रहेका छन् ।

अपर तामाकोशी र दुगड समुहको काममा प्रश्न उठेपछि फिल्ड अध्ययनमा पूर्वमन्त्री गुरुङ
सोमबार, माघ २८, २०८१
चरिकोट । पुर्ब संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र एमभी दुगड समुहले निर्माण गरिरहेको सडकमार्गको अध्ययन सुरु गरेको बताएका छन् । स्थलगत निरीक्षणपछि उनले तामाकोशी आयोजना र आयोजनाको बाँधस्थल माथि निर्माण गरिएको सडकमार्गको गम्भीर अध्ययन जरुरी रहेको प्रतिक्रिया दिए ।