Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डिभिजन वन दोलखाकी प्रमुख श्रेष्ठ बिरुद्ध अदालतमा अख्तियारको यस्तो मुद्धा
डिभिजन वन दोलखाकी प्रमुख श्रेष्ठ बिरुद्ध अदालतमा अख्तियारको यस्तो मुद्धा श्रेष्ठले कार्यालयमा सेवाग्राहीसँग बिभिन्न नाममा २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अख्तियारको आरोपपत्रमा काठ व्यवसायीहरुसँग बिभिन्न बरबहानामा रकमको वार्गेनिङ गरी गर्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी वदनियतपूर्वक काठ व्यवसायीहरुलाई अनुचित प्रभावमा पारी घुस÷रिसवत दिन वाध्य पारेको भनिएको...
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत दोलखा घर भएका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले गोली हानी आत्माहत्या गरेका छन् । ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले आफुलाई गोली हानी आत्महत्या गरेका हुन् ।
भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा
भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा कोरोना भाईरस (कोभिड १९) प्रभावित भारत तथा बिभिन्न जिल्लाहरुबाट दोलखा आएका ९६ जनालाई मानिसलाई क्वारेन्टाईनमा राखिएको छ । जसमा ९१ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा जिल्लाका विभिन्न १२ क्वारेन्टानमा बस्ने ब्यवस्था मिलाईएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै संक्रमितको संख्य कुल ५०७ पुगेको छ ।
नेपालमा कोरेनाबाट ४ सय ८७ संक्रमित, ३ जनाको मृत्यु
नेपालमा कोरेनाबाट ४ सय ८७ संक्रमित, ३ जनाको मृत्यु शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट ७ जना नेपालीले ज्यान गुमाएका छन् । कोरोना संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेकोमा ७ जनाको मृत्यु भैसकेको छ । रियाद स्थित नेपाली दुतावासका अनुसार एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ वैशाख ३०...
राजेश हमालको टिप्पणी  : भारतको हेपाहा प्रवृत्ति प्रत्येक नेपालीका लागि अस्वीकार्य
राजेश हमालको टिप्पणी : भारतको हेपाहा प्रवृत्ति प्रत्येक नेपालीका लागि अस्वीकार्य लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार नहुने बताएका छन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ उनले भनेका छन् ।
कतारमा नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड
कतारमा नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको जनाईएको छ । उनलाई मृत्युदण्ड दिनुअघि पीडित परिवारलाई माफीका लागि आग्रह गरिएको थियो । तर पीडित परिवारले अस्वीकार गर्यो ।
Weather Update